Butwal Today

पत्रकार टुडेकर्मी सम्मानित 

२६ असार २०८२, बिहीबार
अ+
अ-

 बुटवल , २६ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट बुटवल टुडेकर्मी नगदसहित सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट समग्र विकासमा उत्कृष्ट योगदान पुर्‍याएका पत्रकार राम अवतार चाैधरी सम्मानपत्र, खादा र नगदसहित सम्मानित भएका हुन् ।

पत्रकार चौधरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) कपिलवस्तुका अध्यक्ष समेत हुन् । विगत करिब १ दशकदेखि पत्रकारिता गर्दै आएका उनी रेडियो नेपालमा समेत आबद्ध छन् । यस्तै राष्ट्रिय दैनिक गोरखापत्र जिल्ला संवाददाता जानु पाण्डेसमेत सम्मानित भएका छन् ।पालिकाकाे दोस्रो गाउँसभाको सातौं अधिवेशनबाट पत्रकार चाैधरी र पाण्डे बिहीबार सम्मानित भएकाे जनाइएको छ ।

गाउँपालिका अध्यक्ष  गाेपाल बहादुर थापाले पत्रकारिताको सकारात्मक पक्षमा महत्त्वपूर्ण याेेगदान पुर्‍याउने कार्यमा संलग्न पत्रकारकाे उच्च मर्ममा कदर गरेकाे बताए । यसैबीच प्रमुख प्रशासकीय अधिकृतले पत्रकारहरुको महत्त्व र तिनको भूमिका बारे चर्चा गर्दै विकासका क्षेत्रमा संचारको योगदान नीराश्रित नसकेको कुरामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?