ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

गुरु तत्व : एक विमर्श

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

‘गु’ अर्थात् अन्धकार र ‘रु’ अर्थात् प्रकाश—‘गुरु’ भन्नाले अज्ञानताको अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने तत्व जनाइन्छ । गुरु केवल एक व्यक्ति होइन, त्यो त एक दिव्य चेतना हो, एक यस्ता शक्ति हुन् जो जीवनको दिशा निर्धारण गर्छन्, आत्मसाक्षात्कारको बाटो देखाउँछन् र चेतनाको सुषुप्त अवस्थालाई जाग्रत गराउँछन् । पूर्वीय दर्शनले गुरु तत्वलाई अत्यन्त उच्च स्थान दिएको छ । गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुर्साक्षात् परब्रह्मा तस्मै श्री गुरवे नमः।।
भन्ने श्लोकले गुरुमा सृष्टि, पालन र संहारको सम्पूर्ण तत्व समाहित रहेको कुरा स्पष्ट पार्छ ।

गुरु तत्वको व्याख्या गर्दा केवल शैक्षिक ज्ञान दिने शिक्षकलाई मात्र बुझ्न हुदैन । शिक्षकले किताबको ज्ञान दिन्छन्, तर गुरुले जीवनको दृष्टि दिन्छन् । शिक्षक विषयमा पारंगत हुन्छन्, तर गुरु आत्मविज्ञानमा निपुण हुन्छन् । शिक्षकको सीमा पाठ्यक्रममा हुन्छ, तर गुरु चेतनाको सागरमा डुबुल्की मार्ने साहस दिन्छन् । यसैले हिन्दू परम्परामा गुरु शिष्यको जीवनमा केन्द्रिय भूमिका निर्वाह गर्छन् । सही ज्ञान गुरुको सान्निध्यबाट मात्र प्राप्त हुन्छ।

गुरुको भूमिका केवल वैदिक वा धार्मिक प्रसङ्गहरूमा सीमित छैन । चाहे ती ब्रह्मर्षि विश्वामित्र हुन्, जसले श्रीरामलाई दिव्यास्त्रको शिक्षा दिए, वा श्रीकृष्ण जसले अर्जुनलाई कुरुक्षेत्रको रणभूमिमा गीता उपदेश दिए—यी सबै गुरु तत्वका आदर्श प्रतिनिधि हुन् । श्रीकृष्णले अर्जुनलाई केवल युद्ध जित्ने रणनीति सिकाएनन्, जीवन जित्ने दृष्टिकोण दिए । अर्जुनको मानसिक द्वन्द्व अन्त्य गरी धर्म, कर्तव्य र आत्मज्ञानको समन्वय सिकाए । त्यसैले गीता केवल एक शास्त्र होइन, गुरु तत्वको सारभूत रूप पनि हो । गुरु तत्वको महत्त्वलाई प्रकट गर्न अनेकौँ आख्यान र दृष्टान्तहरू पाइन्छन् । एक ऐतिहासिक दृष्टान्त अनुसार—राजा जनकले आत्मज्ञान प्राप्त गर्न याज्ञवल्क्य ऋषिलाई गुरु माने । जनक स्वयं ज्ञानी थिए, तर आफूभन्दा बढी जागृत गुरुको मार्गदर्शन खोजे । याज्ञवल्क्यले उनलाई उत्तर नदिई, आत्ममूलक अभ्यासमा लगाएर ज्ञान दिलाए । यही हो गुरु तत्व—जहाँ शब्दभन्दा अनुभव प्रधान हुन्छ ।गुरु र शिष्यको सम्बन्ध समयको सीमाभन्दा पर हुन्छ । यो सम्बन्ध जन्म–जन्मान्तरको यात्रा हो । गुरुले शिष्यलाई केवल ज्ञान दिएर चित्त बुझाउँदैन; ऊ उसको आत्मा सुम्पिन्छ । गुरुको एक दृष्टिले शिष्यको जीवनको गति परिवर्तन हुन सक्छ । यस अर्थमा गुरु कुनै संस्था होइन, त्यो त एक प्रेरक चेतना हो, जसले आत्मा र परमात्माको मिलन गराउँछ ।

आजको युगमा गुरु तत्वलाई पुनः परिभाषित गर्न जरुरी छ । डिजिटल युगले सूचना दिएको छ, तर बौद्धिक अराजकता पनि फैलाएको छ । सामाजिक सञ्जाल, युट्युब, च्याटबटहरूले ज्ञानका नाममा जानकारी बाँडिरहेका छन्, तर आत्मज्ञान भने हराउँदै गएको छ । ज्ञानको साँचो स्वरूप तब प्रकट हुन्छ जब गुरु तत्वले अन्तर्मनमा स्पन्दन गराउँछ । तर, आज हामी गुरु खोज्दैनौं, केवल सहुलियत खोज्छौं । हामी आस्थाभन्दा सुविधामा रमाउँछौं, त्यसैले ज्ञान त धेरै हुन्छ, तर बोध शून्य ।

सत्य गुरु को हो ? के हरेक शिक्षक गुरु हुन सक्छन् ? उत्तर हो—हुन सक्दैनन् । गुरु बन्न केवल डिग्री, वाकचातुर्य वा अनुयायी संख्या पर्याप्त हुँदैन । गुरु बन्न हृदयमा करुणा, दृष्टिमा समत्व, बोलीमा आशीर्वचन र अस्तित्वमा प्रकाश हुनुपर्छ । गुरु स्वयं साधक हुन्छ, ऊ हिँडिसकेको बाटो देखाउँछ । उसले कहिल्यै शिष्यलाई बन्धनमा राख्दैन, बरु स्वतन्त्र बनाउँछ । उसले अहंकार बढाउँदैन, आत्मदृष्टि खोल्छ । त्यसैले त बुद्धले अन्ततः भनेका थिए—“अप्प दीपो भव“ अर्थात् “आफैँ दीप बन्नुहोस्“। यो वाक्य गुरु तत्वको पराकाष्ठा हो—जहाँ गुरु आफूलाई होइन, आत्मदीप बन्ने प्रेरणा दिन्छ ।

गुरु तत्व कुनै निश्चित धर्म, सम्प्रदाय वा परम्परामा मात्र सीमित छैन । विश्वका सबै महापुरुषहरू, जो मानवताका लागि प्रेरणा बने, तिनीहरू आफ्ना अनुयायीहरूका लागि गुरु नै थिए किनभने उनीहरूले ज्ञान दिएनन्, आत्मस्पर्शी अनुभूति दिए । यही हो गुरु तत्वको सार्वकालिकता । हामी सबैको अन्तरमनमा एक ‘आन्तरिक गुरु’ निहित हुन्छ—जसले ठीक र बेठीक छुट्याउँछ, जो समयको द्वन्द्वमा निर्णयको साहस दिन्छ । बाह्य गुरु त्यो आन्तरिक गुरुलाई जगाउने स्रोत हो । बाह्य गुरु नहुन सक्छ, तर यदि अन्तःकरण शुद्ध छ भने आत्मा आफैँ गुरु बन्न सक्छ । तथापि, प्रारम्भिक जीवनको उन्मूलनमा, आत्मबोधको पहिलो पाइला चढ्न, र अज्ञानको पर्दा च्यात्न गुरु तत्वको सान्निध्य अत्यावश्यक हुन्छ ।

गुरु तत्व अन्धकारमा भासिएको चेतनालाई प्रकाशमा उभ्याउने दिव्य शक्ति हो । ऊ केवल शिक्षक होइन, जीवनद्रष्टा हो । उसले केवल शास्त्र पढाउँदैन, आत्मशास्त्र सिकाउँछ । आजको युगमा जति नै प्रविधिको विस्तार भए तापनि आत्मदिशा गुमाउने जोखिम उत्तिकै बढेको छ । त्यसैले प्रत्येक युग, समाज र व्यक्तिले गुरु तत्वको खोज, स्वीकृति र सम्मान गर्नु जरुरी छ । गुरु पूजा बाह्य अनुष्ठान होइन; त्यो त आत्मा–परमात्मा मिलनको सुत्र हो । यही तत्व बुझ्न सकियो भने जीवन स्वयं दिव्य यात्रामा रूपान्तरण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?