ट्रेंडिंग:

>> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने

हिन्दु धर्म संस्कारमा गुरु पूर्णिमाको महत्त्व

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः

(गुरु नै ब्रह्मा हुन, गुरु नै विष्णु हुन । अनि गुरु भनेकै भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।) नेपाली पात्रो अनुसार आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रूपमा मानिन्छ । गुरु एक संस्कृत शब्द हो जसमा गु को अर्थ अन्धकार हो र रु को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो । त्यसैले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति छर्ने महान व्यक्ति नै गुरु हुन ।

नेपाली संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । हिन्दु संस्कृतिमा वेदको रचयिता कृष्ण द्वैपायनव्यास जन्मेको आषाढ शुक्ल पूर्णिमाको दिनमा गुरुहरूको सम्झना र पूजा गरेर गुरु पूर्णिमा मनाइँदै आएको बिश्वास गरिन्छ । गुरुलाई देवता र पिता समान सम्मान दिने हिन्दु संस्कार र संस्कृति जगजाहेर छ । पौराणिक कालदेखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहंदै आएको कुरा प्रष्ट छ । हामी जुनसुकै दर्शन, धर्म सम्प्रदाय वा मूल्य मान्यतामा विश्वास राख्ने भएपनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्वको महत्व हुन्छ । यो ब्रह्माण्डमा सायद ज्ञानमात्रै यस्तो वस्तु हो, जसलाई जति बाँड्यो त्यति नै बढ्छ । साना नानी बाबुहरूको हातमा कलम समाएर क ख रा सिकाउने र पढाउने गुरुआमा गुरुबाहरूले दिनुभएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना पाएका हौं ।

अधिकांश समस्या र दुविधाहरूको निरोध नै असल गुरुको प्राप्ति र छनोटमा भर पर्छ । तर, अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । वास्तवमा शिक्षकले गर्ने शिक्षण पेशा सेवामुलक पेशा हो ।त र बिडम्बना अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । यद्यपि यो हाम्रो सनातनीय वैदिक शिक्षा प्रणालीले अंगीकार गरेको होइन । समय यति धेरै परिवर्तन भयो कि यहाँ गुरुहरूले ज्ञान अर्थात् शिक्षा बेच्नुपर्ने र चेलाले शिक्षा किन्नुपर्ने बाध्यता छ । शिक्षा व्यवसायमा रूपान्तरण भएको छ । सायद यसकै कारण होला अहिले गुरु शिष्यबीचको दुरी बढ्दै गएको आभाष हुन्छ ।

विद्वानहरूले शिक्षार्थी अर्थात् विद्यार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन् । एक प्रकृतिवादी शिक्षाशास्त्रीले बालक स्वतन्त्र जन्मिन्छ र उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भनेका थिए । शिक्षकले पथ प्रदर्शकको रूपमा कार्य गर्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले पनि शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन । जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णले भनेका छन्– ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।’ भारतकै पूर्व राष्ट्रपति एपीजे अब्दुलकलामका शब्दमा– ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ ।

शिक्षकको बारेमा कहिएका यी शब्दहरूबाट जो कोहीले पनि शिक्षक को हो र यसले के गर्छ भन्ने कुरा सजिलै बुझ्नसक्छ । शिक्षकको बारेमा यो भन्दा बढी व्याख्या गर्नुपर्दैन । यदि देशले साँच्चिकै शिक्षकलाई सकारात्मक रूपमा उत्प्रेरित गराई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गरिदिने हो भने विकसित राष्ट्रको निर्माण गर्ने सपना साकार हुने देखिन्छ । यसरी समाज तथा राष्ट्रको समग्र विकासमै अग्रणी भूमिका निर्वाह गर्ने शिक्षकको नेपाली समाजमा दर्जा नै छैन भन्दा अत्युक्ति नहोला । वास्तवमा शिक्षक को हो ? उसले के गर्छ ? कसरी शिक्षक बन्न सकिन्छ ? किन शिक्षकले गर्ने शिक्षण पेशालाई सबैभन्दा चुनौतिपूर्ण पेशा भनिन्छ ? भन्ने यथार्थ सबै मानिसहरूले नबुझ्न पनि सक्छन् तर यहाँ बुझेकोले पनि तदनुसार ब्यवहार गर्दैनन् भन्दा त्यति फरक नपर्ला ।

यति भन्दै गर्दा सत्य कुरा के हो भने जसले शिक्षक र शिक्षण पेशालाई उत्कृष्ट पेशा मानी राम्रोसंग बुझेको छ, उसले अन्तरमनदेखि नै शिक्षकलाई सम्झन्छ र सम्मान पनि गर्दछ । मानिस जन्मेपछि विद्यालय नजाँदासम्म शिक्षकको भूमिका बाबु आमाले निर्वाह गर्दछन् भने विद्यालय गइसकेपछि उनीहरूलाई दीक्षित गर्ने कार्य शिक्षकको हुन्छ । बच्चालाई अनुशासित बनाउने , सांस्कारिक बनाउने, सुमार्गमा डोराउने, भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग गर्ने, असल तथा सफल मानिस बन्न प्रेरित गर्ने जस्ता यावत् कुरामा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । गुरुबिना मानिसको जीवन अन्धकार हुन्छ । अन्धकारमा उज्यालो छर्दै प्रत्येक व्यक्तिलाई दीक्षित गरी जीवनको लक्ष्य हासिल गर्न सत्मार्गतिर डोराउने व्यक्ति गुरु हुन् । शिक्षक हुन् । शिक्षक त्यस्ता ब्यक्ति हुन् जो आफु जलेर भएपनि समाजमा ज्ञानको ज्योति फैलाउँछन् । त्यसैले त्यस्ता आदरणीय, सम्माननीय तथा पुज्यनीय महान् व्यक्ति शिक्षकलाई सच्चा मनले नमन गर्नुपर्दछ ।

शिक्षकले नै मानिसलाई ज्ञानको ज्योति प्रदान गर्नुका साथै असल मार्ग बताइदिन्छ । त्यसैले शिक्षकलाई व्यक्तिको पथ पर्दशक पनि भनिन्छ । आफ्नो लक्ष्य हासिल गर्न सफल मानिस वा असफल मानिस, यी दुबैले शिक्षकलाई नै सम्झिन्छन् । सफल मानिसले शिक्षकको राम्रो शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणाको कारणबाट आफू सफल भएकोले शिक्षकलाई बारम्बार सम्झन्छन् । सम्मान गर्दछन् । असफल वा जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको मानिसले पनि शिक्षकको शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणालाई आत्मसाथ गर्न नसकेर आफु असफल भएकोले शिक्षकलाई बारम्बार सम्झिने गर्दछन् । यस्ता मानिसहरू शिक्षकको त्यतिबेलाको मार्गदर्शन जुन अत्यन्तै महत्वपूर्ण थियो, त्यसलाई सम्झेर धेरै पछुताउनुको साथै दुखित हुन्छन् ।

आफ्नो लक्ष्य हासिल गर्न सकेका मानिस सुखी हुन्छन भने लक्ष्य हासिल गर्न नसकेका मानिस दुःखी हुन्छन् । समाजका सुखी तथा दुःखी दुवै तप्काका मानिसले शिक्षकलाई बारम्बार सम्झन्छन् । हामीलाई थाहै छ शिक्षकले विद्यार्थीलाई पढाउने तथा सिकाउने गर्दछन् । विद्यार्थीलाई सक्षम बनाउन अहोरात्र खटिरहन्छन् । त्यसैले शिक्षकले अँगाल्ने शिक्षण पेशा अत्यन्तै मर्यादित पेशा हो । यो पेशा यस्तो पेशा हो यसले सबै पेशालाई जन्माउँछ । त्यसैले शिक्षण पेशालाई अरू सम्पूर्ण पेशाहरूको स्रोत भन्दा फरक नपार्ला । तर, हाम्रो समाजमा यो पेशालाई राम्रो पेशा नमान्ने चलन छ । छोराछोरीको भबिष्य बनाउने शिक्षक हो भन्ने जान्दा जान्दै पनि अभिभावकहरू आफ्ना छोराछोरीलाई समाजको पथप्रदर्शक शिक्षक बनाउन चाहदैनन् । अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित देशहरूमा शिक्षकलाई सबैभन्दा माथिल्लो दर्जा दिइन्छ । किनकी ती राष्ट्रले शिक्षकको भूमिकालाई राम्रोसंग बुझेका छन् । तर बिडम्बनाा शिक्षकको सम्मान गर्ने हेतुले गुरूपुर्णिमा मनाउने हाम्रो देश नेपालमा शिक्षण पेशालाई भने राम्रो नजरले हेरिदैन ।

खासगरी मनन् गर्नुपर्ने कुरा के हो भने ज्ञानको ज्योति छर्दै प्रत्येक व्यक्तिलाई सफलताको सिंढी चढाउँदै समाज निर्माण तथा विकासमा सक्षम एबम् काबिल व्यक्ति बनाउने महान कार्य शिक्षकले नै गरिरहेका छन् र गर्नेछन् । यो कुरा बादल फाटेपछि देखिने दिउँसोको घाम जस्तै छर्लङ्ग छ । यस्तो तथ्य जान्दाजान्दै पनि किन हाम्रो समाजमा शिक्षकले अबलम्बन गर्ने पबित्र शिक्षण पेशालाई उपेक्षा गरिन्छ ? किन शिक्षण पेशालाई उत्कृष्ट पेशामा दर्ज गर्नुपर्दछ भन्ने कुरा राज्यको सम्बन्धित निकायबाट उठान गरिदैंन ? किन नीति निर्माणकर्ताहरू पबित्र पेशामा लागेका शिक्षकहरूलाई उचित सेवा सुबिधा दिदैँ शिक्षण पेशालाई एक सम्मानित पेशा बनाउने गरी नीति नियम बनाउन हिम्मत गर्दैनन् ?

शिक्षालाई व्यावसायीकरण गर्ने वातावरण राज्यले सिर्जना गरेको होइन ? के यो उचित छ ? यहाँ उठान गरिएका बिषयबस्तु नाजायज हुन् ? पक्कै पनि होइनन् । यी सबै जायज मागहरू हुन् । त्यसैले सरकारले यहाँ उठेका यी महत्वपूर्ण बिषयबस्तुलाई हृदयंगम गरी राष्ट्रका मेरुदण्डको रूपमा हेरिने शिक्षकले अंगाल्ने शिक्षण पेशालाई उत्कृष्ट पेशामा समाबेश गर्दै शिक्षकहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातारण सिर्जना गर्नुपर्दछ । यसो गरियो भने मात्र हाम्रो समाजमा गुरुहरू, शिक्षकहरू सम्मानित हुनेछन् र गुरुहरूको सम्मानमा मनाइने गुरु पूर्णिमाले सार्थकता पाउनेछ । अन्यथा गुरूपूर्णिमा फगत एउटा तिथिमा मात्र समेटिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?