© २०२३
नेपालगन्ज, २६ असार ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ नं. वडाको सीमामा रहेको पर्यटकीय स्थलको रुपमा पहिचान कमाउन सफल वाटर पार्कमा हाल फोटो सुट गर्नेहरूले गर्दा बदनाम हुन थालेको छ । फोटो खिचाउने पर्यटकले भने अनुसार फोटो खिचिन आफ्नो मनोमानी टावरले फोटो खिची बढी रकम असुली गरेको पाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ जयसपुरबाट केही युवाहरूको समूह सोमबार घुमघाम गर्ने उद्देश्यका साथ वाटर पार्क पुगेर बोटिङ गरेको थियो । सो बोटिङ पछि साथीहरू मिलेर फोटो सुट गर्ने विचार गरी २–३ थान फोटो सुट गर्न त्यहाँ रहेको क्यामरा मेनलाई भनेर मेरो २–३ थान फोटो निकालिन दिनुस् भनी अनुरोध गरेको बताउँछन् समिर अन्सार ।
समिर अन्सारीका लागि मैले २–३ थान फोटो मात्र सुट गर्न भनेको भए पनि पछि मेरो मोबाइलमा दर्जन बढी फोटोहरू पठाएर त्यसबापत प्रतिफोटो ४० का दरले ११ सय रुपैयाँ सम्बन्धित क्यामरा मैनले माग गर्दा मैले २–३ थान मात्र भनेको हजुरले यति धेरै किन फोटो निकाल्नुभयो भनी प्रश्न गर्दा मलाई गालीगलौज गरेको बताउँछन् ।
अगाडी आफ्नो भनाई थप्दै समिर अन्सारीले भने त्यतिसम्म गाली गलौच गर्दा समेत पछि मलाई डर धाक देखाउँदै ११ सय नदिए मोबाइल खोसी दिने भन्दै मेरो मोबाइल सम्बन्धित क्यामरा मैनले खोसेर जबरजस्ती ११ सय दिन बाध्य बनाएको बताउँछन् । त्यति बेला मैले झगडा नहोस् भनी कानुनी बाटो जाने निधो गरी त्यहाँबाट घरतर्फ फर्केको तथा त्यसको कानुनी उपचारको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिने तयारी गरेको बताउँछन् अन्सारी । तिनी मात्र नभएर त्यहाँ गएका सबै फोटो खिचाउने पर्यटकलाई त्यस्तै व्यवहार गरेको पाइएको छ । त्यहाँ फोटो खिच्ने क्यामरा मैनहरूले दैनिक ६० देखि ७० हजार सम्म रकम सङ्कलन गर्दै आइरहेका छन् ।
