ट्रेंडिंग:

>> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद

राहत र पुनर्स्थापनामा ध्यान जाओस् 

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

विगत तीन दिनदेखि देशका विभिन्न स्थानमा गएको प्राकृतिक प्रकोपमा परि प्रभावित हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । रसुवामा सोमबार राती आएको बाढीमा परेकामध्ये नौ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परि दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा ईभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

हिमताल फुटेका कारण रसुवामा एक्कासि रातीमा ठुलो बाढी आएको मौसमबीदहरूले दाबी गरेका छन् । रसुवामा मात्रै होइन, नेपालका अरू प्रदेशमा पनि भारी वर्षाको चेतावनी दिइएको छ । जसका कारण यही लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि ठुलो भौतिक क्षति हुन सक्ने भएकोले पूर्व सतर्कता अपनाउन आग्रह गरिएको छ । विगतका बर्षमा पहिरो, बाढी र डुबान हुँदा मानवीय क्षतिसँगै करोडौँ बराबरको भौतिक क्षति भएको थियो । अर्कोतर्फ भारी वर्षा हुँदा पूर्व पश्चिम महेन्द्र राजमार्गमा भारी वर्षाले उक्त क्षेत्र डुबानमा पर्ने हुँदा सचेत हुनुपर्ने अवस्था उत्पन्न भएको छ । सडक डिभिजन कार्यालयले यो विषयमा गम्भीरता देखाउनु जरुरी छ ।

अहिले सडक विस्तारको काम भइरहेकोले सडक क्षेत्र थप जोखिममा छ । त्यसै गरी सडकमा पानी भरिएर खोला बनेको अवस्थाले साना सवारीका साधनमा ठुलो जोखिम देखिएको छ । पहाडमा पहिरो र तराईमा बाढी अनि डुवान प्रत्येक वर्ष नेपालीहरूका लागि यसरी नै समस्या वनेर आउने गरेको छ । यो वर्षमात्रै अहिलेसम्म बाढी पहिरोको बितण्डाले दुई दर्जन नेपालीको मृत्यु भैसकेको । दर्जनौं घाईते भएका छन् । कैयौ घरबारविहीन भएका छन् । उता पूर्वी पहाडका विभिन्न जिल्लामा पहिरोमा परेर प्रभावित हुनेको सङ्ख्या पनि बढ्दो छ ।

दर्जनौं व्यक्ति घाईते भएका छन् । करोडौँ सम्पत्तिको क्षति भएको छ । तराईको तुलनामा पहाडमा प्राकृतिक प्रकोपको ठुलो जोखिम छ । तर, तराईमा पहाडको तुलनामा जोखिम भने कम छ । तराईमा डुबान र बाढीको समस्या भने बर्षौदेखि नै यथावत छ । नदी किनारको तटीय क्षेत्रमा वस्नेहरू बाढीको जोखिममा पर्दै आएका छन् । उता वर्षा सुरु हुनासाथ उत्तरतिर आँखा लगाउँदै बाढीको प्रतिक्षामा बस्नुपर्ने बाध्यता तटीय क्षेत्रका जनताका लागि पीडाको विषय बन्दै आएको छ । त्यसमाथि अव्यवस्थित वस्तीका कारण समस्या उत्पन्न हुने गरेको छ । पहिले सानो सानो खोला बग्ने जमिनमा अहिले महल ठडिएका छन् । जसका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ ।

उता पहाडी भेगमा पनि विगतमा भन्दा धेरै पहिरो जान थालेको छ । यो गंभीर चुनौतिको विषय हो । अबको दिनमा सम्भावित जोखिमबाट बच्नेतर्फ समयमै सचेतना अपनाउनु पर्ने आवश्यकतामा जोड दिनु अत्यावश्यक भैसकेको छ । अबको केही दिन भारी वर्षाको चेतावनी दिइएकोले नदी किनारका जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था आउन सक्छ । पछिल्लो पटक रसुवाको बाढीबाट प्रभावित परिवारलाई राहत र उद्धारको खाँचो छ । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिने कुरामा सरकारको ध्यान जाओस् । नेपाली जनता हरेक वर्ष प्राकृतिक प्रकोपमा परेर पीडामा बस्नु परिरहेको अवस्थामा मंगलबारदेखि सुरु भएको भारी वर्षाको प्रभावबाट जोगिनेतर्फ प्रभावित क्षेत्रका जनता पनि सचेत बन्नु जरुरी छ । यो वर्ष बाढी पहिरो र डुबानका कारण बिपदमा परेका प्रभावितहरूलाई सरकारले राहत वितरणमा कञ्जुस्याई नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?