ट्रेंडिंग:

>> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा

सियारी गाउँपालिकाका ४७६ जनालाई लालपुर्जा

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

बुटवल, २६ असार ।

रुपन्देहीको सियारी गाउँपालिकाका ४७६ जनालाई बिहीबार जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

विगत लामो समयदेखि बसोबास गर्दै आए पनि आफ्नो स्वामित्व नभएका सियारी गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ का स्थानीयलाई भूमि आयोग र गाउँ ब्लकको गरी ४७६ जनालाई लालपुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

नापी कार्यालय रुपन्देही तथा भूमि समस्या समाधान आयोग जिल्ला कार्य समिति रुपन्देही तथा सियारी गाउँपालिकाको संयुक्त आयोजनामा लालपुर्जा वितरण गरिएको घिमिरेले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देही प्रमुख उमाकान्त चपाईले सुकुम्बासी समस्या दीगो रुपमा समाधान गर्ने सरकारको लक्ष्य अनुरुप लालपुर्जा वितरण गरिएकोमा सह्राहना गर्दै निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा बोल्दै भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले कन्चनबाट सुरु भएको अभियान सियारी हँुदै रुपन्देहीका अन्य क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य राखिएको बताए ।

उनले आगामी दिनमा रुपन्देहीका अन्य क्षेत्रमा पनि क्रमशः पुर्जा वितरण गर्ने योजना रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चपाईँ तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले स्थानीय प्रेम बहादुर दर्जीलाई पुर्जा हस्तान्तरण गरेर लालपूर्जा वितरण कार्य प्रारम्भ गरेका थिए ।

पुर्जा प्राप्त गरेकोमा हर्ष ब्यक्त गर्दै दर्जीले वर्षौको आफ्नो सपना पूरा भएको भन्दै लालपुर्जा वितरण अभियानलाई दिगो रुपमा अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारु लगायतले पालिकाको समग्र वस्तुस्थितिबारे जानकारी गराउँदै मन्तब्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?