© २०२३
काठमाडौं ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बिहीबार सिंहदरबारमा बसेको बैठकमा आफ्नो २३ औं वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। समितिले गरेको काम कारबाहीहरूको यस प्रतिवेदनलाई सदनमा पेस गर्ने उद्देश्यले पारित गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए।
उनका अनुसार, प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कार्यहरू र समसामयिक विषयमा समितिले लिएका निर्णयहरू समावेश गरिएको छ। समितिले उक्त वार्षिक प्रतिवेदन असार ३१ गते सदनमा पेश गर्ने तयारी गरिरहेको छ।