© २०२३
नेपालगन्ज, २६ असार ।
नेपालगन्ज भान्सारमा खुलेआम तस्करसँग बार्गेनिङ हुँदै तस्करी हुने गरेको पाइएको छ । सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी सुम्पिएको छ । तर सोहीको फाइदा उठाउँदै हाल सिमानाका भान्सारमा केही समय अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सोमराज शर्माले खुलेआम सेटिङ्ग गर्दै तस्करै गराउने गरेको तथ्य खुलेको छ ।
केही तस्करहरूले नाम नबताउने सर्तमा मासिक ५ देखि १० हजार सम्म दिने सर्तमा सेटिङ्ग गरिएको बताइएको छ । तस्करका अनुसार असई सोमराज शर्मा सिविल डे«समा आई हामीसित सेटिङ गर्ने गरेको बताएका छन् । बर्दिया जिल्लाबाट केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक शर्मामाथि डिआइजी दीपेन्द्र कुँवरको कृपा दृष्टि रहेको हुँदा यसरी खुलेआम सानो–ठुलो तस्करहरूबाट सेटिङ्ग गर्ने गरेको बताउँछन् ।
यसबारे जानकारीको लागि लुम्बिनी प्रदेश प्रमुख डिआइजी कुँवरलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिए । यसतर्फ सम्बन्धित पक्षको बेलामा ध्यान केन्द्रित नहुँदा आउने समयमा खुलेआम तस्करी हुने निश्चित रहेको भन्सारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूबाट नै भनाई आइरहेको छ । असई शर्मा सशस्त्र प्रहरी गण ३० नम्बरबाट खटाइका छन् ।