Butwal Today

बालेनले बोलाए कार्यपालिका बैठक

२६ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकामा कार्यपालिका बैठक आह्वान गरिएको छ। मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।

मेयर शाहको सचिवालयका अनुसार, त्यसअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने तय भएको छ।शुक्रबारका बैठकहरू आगामी नीति, कार्यक्रम र बजेटसँग सम्बन्धित छलफलका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?