ट्रेंडिंग:

>> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

बाढीले क्षतिग्रस्त जलविद्युत् संरचना पुनःनिर्माण गर्न इप्पानको सरकारलाई आग्रह

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

काठमाडौं ।

चीनको तिब्बत क्षेत्रदेखि ल्हेन्दे खोला हुँदै नेपाल प्रवेश गरी भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएका जलविद्युत् संरचनाको पुनःनिर्माण गरी उत्पादन र प्रसारण व्यवस्था मिलाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले सरकारसँग आग्रह गरेको छ।

इप्पानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्न र थप जनधनको क्षति हुन नदिन तत्काल कदम चाल्न सरकारलाई अनुरोध गरेको हो।

बाढीले रसुवा र नुवाकोट जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। इप्पानका अनुसार, करिब २५० मेगावाट क्षमताका सञ्चालित जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्।

इप्पानका अध्यक्ष गणेश कार्कीले रसुवागढी, त्रिशूली–३ ए, त्रिशूली जलविद्युत् केन्द्र, चिलिमे, माथिल्लो मैलुङ, देवीघाट र मैलुङ खोला जलविद्युत् आयोजनाको उत्पादन रोकिएको जानकारी दिएका छन्। तीमध्ये अधिकांश आयोजनामा निजी क्षेत्रको समेत लगानी रहेको छ।

कार्कीका अनुसार, त्रिशूली ३ बी सवस्टेशनमा क्षति पुगेका कारण देवीघाट, त्रिशूली र माथिल्लो मैलुङ जलविद्युत् आयोजना प्रभावित भएका हुन्। साथै, निर्माणाधीन माथिल्लो त्रिशूली–१, सुपर त्रिशूली, त्रिशूली–३ बी आयोजनामा पनि बाढीले क्षति पुर्‍याउँदा निर्माण कार्य ठप्प भएको छ।

सवस्टेशन र प्रसारण लाइनमा क्षति भएकाले यहाँबाट आगामी केही दिनसम्म विद्युत् उत्पादन तथा आपूर्ति सम्भव नरहने र हरेक दिन करोडौँ रुपैयाँको घाटा हुने कार्कीको भनाइ छ। इप्पानले समयमै पहल नगरे थप आर्थिक र पूर्वाधारिक क्षति बढ्ने चेतावनी पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?