Butwal Today

टी–२० विश्वकप छनोट: नेपाल कुवेत र जापानसँग भिड्ने

२६ असार २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं ।

आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म सञ्चालन हुनेछ। १० दिनसम्म चल्ने यस प्रतियोगितामा नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीले यसअघि टी–२० विश्वकपमा सहभागिता जनाइसकेका छन्।