ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

जैविक खेतीलाई प्रवर्द्धन गर्दै 

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

कपिलवस्तु, २६ असार ।

जैविक कृषि खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कपिलवस्तु र रुपन्देहीका १ जहार ५ सय कृषकलाई कृषि सामग्री र जैविक खेतीका लागि आवश्यक पर्ने मल र जैविक विषादी लगायतका सामाग्री वितरण सुरु गरिएको छ ।
इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल) ले सञ्चालन गरेको न्यून आय भएका र संकटासन्न समुदायको उत्थानशीलता अभिवृद्धि परियोजना (पिआर भिसी) अन्तर्गत कपिलवस्तु र रुपन्देहीका ४ पालिकाका ६० समूहमा आबद्ध कृषकलाई सामग्री प्रदान गर्न थालिएको हो ।

कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको वडा नम्बर २ को भरवलिया र अभिरावका दुई समूहका ५३ जना कृषकलाई कोदालो सहितको कृषि उपकरण, त्रिपाल, माइक्रो न्युटियन्ट, अर्गानिक फर्टिलाईजर, भिटामिन माइक्रो न्युटियन्ट, गँड्यौला मल सहितको सामग्री वितरण गरिएको हो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, मायादेवी २ का वडा अध्यक्ष महम्मद हुसेन मुसलमान, गैर सरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासे र पिआर भिसी कार्यक्रमका म्यानेजर सुशील चौधरीले कृषकलाई कृषि उपकरण सामाग्री, मल र जैविक विषादी वितरण गरेका थिए ।

कृषकलाई दिइएको जैविक मल र भिटामिनको प्रयोगले माटोको उर्वरता संरक्षण हुने, स्वास्थ्यकर खाद्यान्न उत्पादन भै स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने, पर्यावरणमैत्री प्रणाली विकास हुने, दिगो कृषि प्रणालीलाई सहयोग पुग्ने र उत्पादन लागत घट्ने जनाईएको छ । रासायनिक मल र बिषादीहरूको प्रयोगले माटोको उर्वराशक्ति घट्दै जानुका साथै विषादीयुक्त उत्पादनले स्वास्थ्यमा नकारात्मक असर पर्दै गएकाले जैविक मल र विषादीको प्रयोग गरी खेती गर्नु पर्ने आवश्यकता रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए ।

रासायनिक मलको विकल्पको रूपमा प्रोत्साहित गर्न कृषकलाई जैविक मल, विषादी र कृषि उद्यममा सहजताका लागि कृषकको मागका आधारमा समूहका सदस्यलाई कृषि उपकरण उपलब्ध गराइएको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताइन । सामाग्री वितरणको कार्य सम्बन्धित सदस्यको मागको आधारमा प्रदान गरिने सामाग्रीलाई पारदर्शी रूपमा जानकारी गराएर वितरण गरिएको उनले स्पष्ट पारिन ।

कपिलवस्तु र रुपन्देहीका चार वटा पालिकामा सञ्चालित पिआर भिसी परियोजनामा आबद्ध ६० समूहका १ हजार ५ सय सदस्यलाई सामाग्री वितरण गर्ने कार्य गरिएको कार्यक्रमका म्यानेजर सुशील चौधरीले बताए । पिआर भिसी परियोजना अन्त्रगतको कार्यक्रममा कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोदन गाउँपालिकामा २४ कृषक समूह र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र समरीमाई गाउँपालिकामा ३६ समूह गरी कुल ६० समूह रहेकामा सोही समूह आबद्ध सदस्यलाई सामग्री वितरण कार्य गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?