ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

गुरु तत्व : एक विमर्श

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

‘गु’ अर्थात् अन्धकार र ‘रु’ अर्थात् प्रकाश—‘गुरु’ भन्नाले अज्ञानताको अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने तत्व जनाइन्छ । गुरु केवल एक व्यक्ति होइन, त्यो त एक दिव्य चेतना हो, एक यस्ता शक्ति हुन् जो जीवनको दिशा निर्धारण गर्छन्, आत्मसाक्षात्कारको बाटो देखाउँछन् र चेतनाको सुषुप्त अवस्थालाई जाग्रत गराउँछन् । पूर्वीय दर्शनले गुरु तत्वलाई अत्यन्त उच्च स्थान दिएको छ । गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुर्साक्षात् परब्रह्मा तस्मै श्री गुरवे नमः।।
भन्ने श्लोकले गुरुमा सृष्टि, पालन र संहारको सम्पूर्ण तत्व समाहित रहेको कुरा स्पष्ट पार्छ ।

गुरु तत्वको व्याख्या गर्दा केवल शैक्षिक ज्ञान दिने शिक्षकलाई मात्र बुझ्न हुदैन । शिक्षकले किताबको ज्ञान दिन्छन्, तर गुरुले जीवनको दृष्टि दिन्छन् । शिक्षक विषयमा पारंगत हुन्छन्, तर गुरु आत्मविज्ञानमा निपुण हुन्छन् । शिक्षकको सीमा पाठ्यक्रममा हुन्छ, तर गुरु चेतनाको सागरमा डुबुल्की मार्ने साहस दिन्छन् । यसैले हिन्दू परम्परामा गुरु शिष्यको जीवनमा केन्द्रिय भूमिका निर्वाह गर्छन् । सही ज्ञान गुरुको सान्निध्यबाट मात्र प्राप्त हुन्छ।

गुरुको भूमिका केवल वैदिक वा धार्मिक प्रसङ्गहरूमा सीमित छैन । चाहे ती ब्रह्मर्षि विश्वामित्र हुन्, जसले श्रीरामलाई दिव्यास्त्रको शिक्षा दिए, वा श्रीकृष्ण जसले अर्जुनलाई कुरुक्षेत्रको रणभूमिमा गीता उपदेश दिए—यी सबै गुरु तत्वका आदर्श प्रतिनिधि हुन् । श्रीकृष्णले अर्जुनलाई केवल युद्ध जित्ने रणनीति सिकाएनन्, जीवन जित्ने दृष्टिकोण दिए । अर्जुनको मानसिक द्वन्द्व अन्त्य गरी धर्म, कर्तव्य र आत्मज्ञानको समन्वय सिकाए । त्यसैले गीता केवल एक शास्त्र होइन, गुरु तत्वको सारभूत रूप पनि हो । गुरु तत्वको महत्त्वलाई प्रकट गर्न अनेकौँ आख्यान र दृष्टान्तहरू पाइन्छन् । एक ऐतिहासिक दृष्टान्त अनुसार—राजा जनकले आत्मज्ञान प्राप्त गर्न याज्ञवल्क्य ऋषिलाई गुरु माने । जनक स्वयं ज्ञानी थिए, तर आफूभन्दा बढी जागृत गुरुको मार्गदर्शन खोजे । याज्ञवल्क्यले उनलाई उत्तर नदिई, आत्ममूलक अभ्यासमा लगाएर ज्ञान दिलाए । यही हो गुरु तत्व—जहाँ शब्दभन्दा अनुभव प्रधान हुन्छ ।गुरु र शिष्यको सम्बन्ध समयको सीमाभन्दा पर हुन्छ । यो सम्बन्ध जन्म–जन्मान्तरको यात्रा हो । गुरुले शिष्यलाई केवल ज्ञान दिएर चित्त बुझाउँदैन; ऊ उसको आत्मा सुम्पिन्छ । गुरुको एक दृष्टिले शिष्यको जीवनको गति परिवर्तन हुन सक्छ । यस अर्थमा गुरु कुनै संस्था होइन, त्यो त एक प्रेरक चेतना हो, जसले आत्मा र परमात्माको मिलन गराउँछ ।

आजको युगमा गुरु तत्वलाई पुनः परिभाषित गर्न जरुरी छ । डिजिटल युगले सूचना दिएको छ, तर बौद्धिक अराजकता पनि फैलाएको छ । सामाजिक सञ्जाल, युट्युब, च्याटबटहरूले ज्ञानका नाममा जानकारी बाँडिरहेका छन्, तर आत्मज्ञान भने हराउँदै गएको छ । ज्ञानको साँचो स्वरूप तब प्रकट हुन्छ जब गुरु तत्वले अन्तर्मनमा स्पन्दन गराउँछ । तर, आज हामी गुरु खोज्दैनौं, केवल सहुलियत खोज्छौं । हामी आस्थाभन्दा सुविधामा रमाउँछौं, त्यसैले ज्ञान त धेरै हुन्छ, तर बोध शून्य ।

सत्य गुरु को हो ? के हरेक शिक्षक गुरु हुन सक्छन् ? उत्तर हो—हुन सक्दैनन् । गुरु बन्न केवल डिग्री, वाकचातुर्य वा अनुयायी संख्या पर्याप्त हुँदैन । गुरु बन्न हृदयमा करुणा, दृष्टिमा समत्व, बोलीमा आशीर्वचन र अस्तित्वमा प्रकाश हुनुपर्छ । गुरु स्वयं साधक हुन्छ, ऊ हिँडिसकेको बाटो देखाउँछ । उसले कहिल्यै शिष्यलाई बन्धनमा राख्दैन, बरु स्वतन्त्र बनाउँछ । उसले अहंकार बढाउँदैन, आत्मदृष्टि खोल्छ । त्यसैले त बुद्धले अन्ततः भनेका थिए—“अप्प दीपो भव“ अर्थात् “आफैँ दीप बन्नुहोस्“। यो वाक्य गुरु तत्वको पराकाष्ठा हो—जहाँ गुरु आफूलाई होइन, आत्मदीप बन्ने प्रेरणा दिन्छ ।

गुरु तत्व कुनै निश्चित धर्म, सम्प्रदाय वा परम्परामा मात्र सीमित छैन । विश्वका सबै महापुरुषहरू, जो मानवताका लागि प्रेरणा बने, तिनीहरू आफ्ना अनुयायीहरूका लागि गुरु नै थिए किनभने उनीहरूले ज्ञान दिएनन्, आत्मस्पर्शी अनुभूति दिए । यही हो गुरु तत्वको सार्वकालिकता । हामी सबैको अन्तरमनमा एक ‘आन्तरिक गुरु’ निहित हुन्छ—जसले ठीक र बेठीक छुट्याउँछ, जो समयको द्वन्द्वमा निर्णयको साहस दिन्छ । बाह्य गुरु त्यो आन्तरिक गुरुलाई जगाउने स्रोत हो । बाह्य गुरु नहुन सक्छ, तर यदि अन्तःकरण शुद्ध छ भने आत्मा आफैँ गुरु बन्न सक्छ । तथापि, प्रारम्भिक जीवनको उन्मूलनमा, आत्मबोधको पहिलो पाइला चढ्न, र अज्ञानको पर्दा च्यात्न गुरु तत्वको सान्निध्य अत्यावश्यक हुन्छ ।

गुरु तत्व अन्धकारमा भासिएको चेतनालाई प्रकाशमा उभ्याउने दिव्य शक्ति हो । ऊ केवल शिक्षक होइन, जीवनद्रष्टा हो । उसले केवल शास्त्र पढाउँदैन, आत्मशास्त्र सिकाउँछ । आजको युगमा जति नै प्रविधिको विस्तार भए तापनि आत्मदिशा गुमाउने जोखिम उत्तिकै बढेको छ । त्यसैले प्रत्येक युग, समाज र व्यक्तिले गुरु तत्वको खोज, स्वीकृति र सम्मान गर्नु जरुरी छ । गुरु पूजा बाह्य अनुष्ठान होइन; त्यो त आत्मा–परमात्मा मिलनको सुत्र हो । यही तत्व बुझ्न सकियो भने जीवन स्वयं दिव्य यात्रामा रूपान्तरण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?