© २०२३
यस बर्षको गर्मी तथा बर्षादको मौसममा समयमा नै साबधानी अपनाउन नसक्ने हो भने करिब ६० हजार भन्दा बढी डेंगु संक्रमण हुने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । हालसम्म ७३ जिल्लाबाट १६ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालसम्म १६७३ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ भने गतबर्ष देशभरमा ५० हजार डेंगुबाट संक्रमित भएका र १५ जनाले ज्यान गुमाएको जानकारी महाशाखाले दिएको थियो । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । यो रोग बिश्वका धेरै देशमा प्रकोपको रूपमा देखापरेको छ । डेंगु ज्वरो एक प्रकारको एडिस एजिप्टाई÷एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाईबाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाईगर मस्क्युटो पनि भनिन्छ । यो रोग जुनसुकै उमेर समूहका ब्यक्तिहरूलाई पनि लाग्न सक्दछ ।
डेंगु भाईरस चार प्रजातिका भाईरस DEN-1,DEN-2,DEN-3,DEN-4 गरी चार प्रजातिका डेंगु भाईरसबाट लाग्दछ । एकपटक एउटा प्रकारको डेंगु लागि सकेपछि जीवनभर त्यस्तै प्रकारको डेंगु रोग लाग्दैन । तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्दछ । र, दोस्रोपटक लाग्ने डेंगु रोग पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ । एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ । एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब ५०० देखि १००० वटा सम्म अण्डा पार्ने गर्दछ । संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् । यसको अण्डा पानी बिनापनि महिनौसम्म जीवित रहन सक्दछ । यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ । डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन । हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुंदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ । र, त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त ब्यक्ति रोगबाट संक्रमित हुन्छ । पोथीजातको लामखुट्टेलाई फुल पार्नको लागि प्रचुर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर आफ्नो जीवनयापन गर्दछ ।
लक्षण तथा चिन्हहरू :
संक्रमण काल ३ देखि १० दिन ।
उच्च ज्वरो आउनु १०२ देखि १०३ फरेनहाईट ।
टाउको दुख्ने पेट दुख्ने ।
वाकवाकी लाग्ने ।
आँखाको गेडी दुख्ने ।
सम्पूर्ण शरीर वा जोर्नी दुख्ने ।
रातोरातो बिमिराहरू देखापर्ने ।
सामान्यतयाः ज्वरो आएको ३ देखि ५ दिनपछि समयमै उपचार ब्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशतभन्दा कममा झार्न सकिन्छ । खास रोग नभएका तथा सामान्यभन्दा सामान्य विरामी २० देखि ५० प्रतिशत हुन्छन । जसले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यबोझ बढाएको छ । डेंगुको विश्वब्यापी अवस्था भन्नुपर्दा विगत केही दशकदेखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्याधिक रूपमा बढ्दै गईरहेको छ । वितेको ५० बर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाईएको छ । स्तनधारी जीव हुदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पत्ती झन्डै ५०० देखि १००० बर्ष पहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलोपटक सन् २००४ मा पहिलो बिरामी बिदेशी भेटिएको र सन् २००६ मा तराई र भित्री मधेशका केहि जिल्लाहरूमा डेंगुका बिरामी भेटिएको थियो । सन् २०१० मा चितवन लगायत रूपन्देही, नवलपरासी आदी जिल्लाहरूमा महामारीको रूपमा फैलिएको हो । देशभरीमा ९१७ केशहरू देखिएको सन् २०१६ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरमा १५२७ केशहरू देखिएको थियो ।
सन् २०१७ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरमा २१११ केशहरू देखिएको थियो । सन् २०१८ मा कास्की, रूपन्देही र चितवन जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरीमा जम्मा ८११ केशहरू देखिएको हो । सन् २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन, कास्की र मकवानपुर जिल्लाहरूमा महामारीको रूपमा फैलिएको थियो । सुनसरीमामात्र ३२६६ बिरामी पाईएका थिए । सन् २०१९ देखि २०२३ सम्म ७३११ डेंगुका विरामी भेटिएको विभिन्न स्रोतबाट उल्लेख गरिएको छ भने गतबर्ष २०२४ मा देशभर ५० हजारमा डेंगु संक्रमण भएको र १५ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको थियो भने यस बर्ष २०२५ को गर्मी तथा बर्षादको मौसममा नै साबधानी अपनाउन नसक्ने हो भने करिब ६० हजार भन्दा बढी डेंगु संक्रमण हुने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । यसबर्ष हालसम्म ७३ जिल्लाबाट १६ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालसम्म १६७३ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ । यो रोग बिभिन्न उष्ण प्रदेशीय तथा उप उष्णप्रदेशीय भागहरूमा तिब्रगतिमा फैलिएको पाइन्छ ।
रोकथामका उपायहरू:
पानीजम्न सक्ने भाँडाहरू जस्तै : गमला फुलदानी खाली बट्टा अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रबेश गर्न नदिने गरी ढाकेर राख्नुपर्दछ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । घर वरपरका पानी जम्ने खाल्डाहरू पुरिदिने । घरका नजिकका पानी बग्ने नालीहरूमा बेलाबेलामा मट्टितेल छर्कने गर्नुपर्दछ । बस्तीको वरीपरीका झाडीहरू सफा गर्ने । एडिस एजिप्टाई जातको लामखुट्टेले दिँउसो टोक्ने हुँदा दिँउसो बाहिर हिँड्दा पूरा शरीर छोप्ने गरी कपडाहरू प्रयोग गर्ने गर्नुपर्दछ । बच्चाहरूलाई बाहिर निस्कँदा लामखुट्टे प्रतिरोधात्मक मलमहरू शरीरमा लगाई हिडाउने । फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्नु पर्दछ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । सुत्दा दिँउसो होस या राती झुलको प्रयोग अनिबार्य रूपमा गर्नुपर्दछ । लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्नको लागि “खोज तथा नष्ट गर” अभियान कार्यक्रम निरन्तर गर्नुपर्दछ ।