Butwal Today

उच्च अदालतले काठमाडौँ टावरको निर्माण नरोक्न अन्तरिम आदेश 

२५ असार २०८२, बुधबार
अ+
अ-

 काठमाडौँ ।

उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण रोक्न खोजेको काठमाडौं महानगरपालिकाको निर्णयमाथि अन्तरिम आदेश जारी गर्दै निर्माण जारी राख्न अनुमति दिएको छ।

काठमाडौं महानगरपालिकाले ९ माघ, २०८१ मा पत्र पठाएर काठमाडौं टावरको निर्माण रोक्न आदेश दिएको थियो। तर ठेकेदार कम्पनी स्वच्छन्द बिकोई बिल्डर्सले महानगरपालिकाको आदेशविरुद्ध उच्च अदालत पाटनमा उजुरी दायर गरेको थियो।

न्यायाधीश प्रकाश खरेलको इजलासले निर्माण काम नरोकिने अन्तरिम आदेश दिँदै ठेकेदार कम्पनीले अनुमती लिई नक्सा स्वीकृत भइसकेको र दस्तुर समेत तिरेको देखाएर निर्माण जारी राख्न अनुमति दिएको हो।

एक न्यायाधीशको इजलासले अन्तरिम आदेश दिएको हुँदा महानगरपालिकाले अन्तरिम आदेश खारेजका लागि अर्को निवेदन दायर गर्न सक्नेछ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरलाई १२ तला मात्र निर्माण गर्ने अनुमती भएकामा १९ तला निर्माण भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि छानबिन समिति गठन गरेका थिए। सो विवादका कारण महानगरपालिकाले अझैसम्म सभा गरी बजेट ल्याउन सकिरहेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?