© २०२३
काठमाडौँ ।
रसुवाको गोसाइंकुण्ड गाउँपालिका–३ लिङलिङमा बाढीका कारण फसेका नागरिकहरूको उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका एक सहायक हवल्दार भिरबाट खसेर गम्भीर घाइते भएका छन्।
सशस्त्र प्रहरी बल २ नम्बर गुल्मबाट खटिएको २१ जनाको टोलीमध्येका सहायक हवल्दार विशाल थापा भिरबाट करिब १० मिटर तल खस्दा टाउको र घुँडामा गम्भीर चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घाइते थापालाई टिमुरेतर्फ स्ट्रेचरमार्फत लैजाने प्रयास भइरहेको थियो। तर अवस्था गम्भीर भएकोले नेपाली सेनाको हेलिकप्टरमार्फत राजधानी ल्याउने तयारी भइरहेको थापाले बताए।
थापाको उपचार सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा गरिने छ। उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरूको जोखिमपूर्ण अवस्था र योगदानले पुनः विपद् व्यवस्थापनमा सुरक्षाकर्मीहरूको भूमिकाप्रति ध्यानाकर्षण गराएको छ।