© २०२३
पाल्पा, २५ असार ।
तानसेन नगर सरकारले कोभिड महामारीको समयमा भएको लकडाउनको मौका छोपी नगर भित्र पर्ने सिद्धार्थ राजमार्गको सडक चौडा गर्ने काम ग¥यो । सडक चौडा गरेकामा तत्कालीन नगर प्रमुख सहित निर्वाचित जनप्रतिनिधिले प्रशंसा पनि पाए । तर जनप्रिय मा.वि वर्तुड्ड र त्यसको पछाडि रहेका घरमा बसोबास गर्नेलाई भने न त दिनमा भोक न त रात निद नै भएको थाहा नहुने गरायो सडक चौडा गर्ने सडकले । जब पानी पर्छ तब घर नै छाडेर भाग्नुपर्ने गरायो । ठुला ठुला मेसिनको प्रयोग गरेर सडक चौडा गर्दा मेसिनको कम्पनका कारण भूक्षय तथा पहिरो जाने क्रम चल्यो ।
दैनिक रूपमा ठुला साना सवारीका साधन गुड्ने त्यसमाथि पहिरो पहिरो माथि दुई वटा घर र जनप्रिय मा.वि रातो माटो जति बेला पनि बगर सहित बग्ने । अत्यन्तै जोखिम भएका कारण स्थानीय श्रोत र साधनको प्रयोग भू तथा जलाधारको संरक्षणको प्राविधिक सहयोग, डिभिजन सडक कार्यालयको आर्थिक व्यवस्थापन स्थानीय सरकारको श्रोत व्यवस्थापनमा दिगो व्यवस्थापनको कार्य थालनी भएको छ ।
स्थानीय सरकारका प्रतिनिधि तथा वडा नम्बर ६ का वडा अध्यक्ष सागर महर्जन भन्दछन् यो भू बनोट कमजोर रहेछ । हरेक वर्ष जोखिम बढ्दै गयो । व्यक्तिको निजी सम्पत्ति, परिवार माथि क्षति हुने सम्भावना बढ्यो । त्यसका साथै विद्यालयसम्म पुग्न लाग्यो पहिरो । पहिरो नियन्त्रणका लागि चौतर्फी दबाब आउन लाग्यो । विशेष गरी प्रमुख जिल्ला अधिकारीको पहलमा यो प्रविधिको उपयोग भएको हो । पहिरो नियन्त्रणका सवालमा भू तथा जलाधार संरक्षण कार्यालयको प्राविधिक सहयोग हो । हामीले त वडा तहबाट बास खोज्यौँ । त्यसरी काम गर्दा पहिरो नियन्त्रण हुन्छ भनेर हप्ता दिनबाट कामको थालनी गरिएको हो ।
ठाडो र फराकिलो छ पहिरो त्यसलाई नियन्त्रण गर्ने भनेको बायो इन्जिनियरिङ हो । एक मिटरको फरकमा बास राखेर बगेको माटो रोक्ने काम भएको छ । यो प्रविधि अपनाउँदा माटो बगेर गल्छी बन्न दिँदैन जसले गर्दा पहिरो रोकिन्छ । यो प्रविधि पहाडी क्षेत्रमा उपयोगी भएको भू तथा जलाधार कार्यालयका प्रमुख सरोज पोखरेल बताउँछन् । अब तत्काल यस माथि अम्लिसो, नेपिएर कुस प्रजातिको बिरुवा रोपण गर्नु पर्ने उनी बत्ताउँछन् ।
सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवाल भन्दछन् असार महिना त्यसै माथि समय अत्यन्तै छोटो थियो । यो प्रविधि उपयोगी भए पनि यस अगाडी अनुभव बटुलेका कामदार नभएका कारण काम गर्न सकिएको थिएन ।अहिले कामदारको व्यवस्था भएपछि करिब ४ लाख रूपैयामा निर्माणको काम निर्माण व्यवसायीलाई दिएको हो । सडक कार्यालयले चौडा भएको ठाउँमा कालो पत्रे गरेपछि सडक सुरक्षाका लागि बनाएको पक्की पर्खाल पनि माथि बाट आएको पहिरोको कारण भत्कियो । अब यो प्रविधि बाट सुरक्षित हुने उनी बत्ताउँछन् ।
स्थानीय सरकारका प्रतिनिधि तथा वडा अध्यक्ष सागर महर्जन भन्दछन् अब स्थानीय जनताको सहभागितामा भू क्षय हुन बाट रोक्ने वनस्पति लगाउने तयारी भएको छ पहिलो चरणको काम अन्तिम अन्तिममा पुगेको छ । यो प्रविधि स्थानीय सरकारलाई सिकाई भएको छ । सफल भए नगर सरकारले आउने वर्ष बाट यो प्रविधि अन्य क्षेत्रमा पनि प्रयोग गर्नेछ । वायो इन्जिनियरिङको कामको जिम्मेवारी पाएका निर्माण व्यवसायी प्रकाश श्रेष्ठ भन्दछन् यो प्रविधि अनौठो लाग्यो स्थानीय श्रोत र साँदनसँगै स्थानीय प्रविधिको उपयोग गरेर कम खर्चमा दीर्घकालीन रूपमा समाधान हुने रहेछ ।