Butwal Today

दाउन्ने-बर्दघाट सडक खण्डमा वर्षाले क्षति, सवारी सञ्चालनमा समस्या

२५ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नारायणघाट-बुटवल सडकको दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको छ।

बर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ।

आज दिउँसो सम्ममा सडकको मर्मत पूरा हुने र दुवैतर्फ सवारी सञ्चालन हुने आयोजनाले जनाएको छ। नारायणघाट-बुटवल सडक विस्तारमा ढिलाइ हुँदा विगत लामाे सयमदेखि यात्रुले सास्ती खेप्दै आएका छन्।