© २०२३
काठमाडौं, २५ असार ।
थापाथलीस्थित पुलमुनि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतक मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय हरि राई रहेको खुलेको छ। उनी काठमाडौं महानगरपालिका–११ अन्तर्गत रहेको सुकुमबासी बस्तीमा बस्दै आएका थिए।
घटना मंगलबार सार्वजनिक भएको हो। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
हाल घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र मृत्युको कारण पुष्टि गर्न अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।