Butwal Today

त्रिवि उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ , २५ असार ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिविको उपकुलपतिमा प्रा. डा. दीपक अर्याललाई नियुक्त गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिश समितिले असार २३ गते तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष पेश गरेको थियो। उक्त सूचीमा वर्णानुक्रम अनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिवि विज्ञान संकायका पूर्व डीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम विभागका पूर्वप्रमुख डा. दीपक अर्याल रहेका थिए।

पूर्व उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको राजीनामा चैत २८ गते स्वीकृत भएसँगै प्रधानमन्त्री ओलीले चैत ३१ गते शिक्षाध्यक्ष डा. खड्ग केसीलाई अधिकतम तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए। सो अवधि पूरा हुनु केही दिन अघि नै नयाँ उपकुलपति नियुक्त गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?