© २०२३
काठमाडौँ ।
भारतको गुजरात राज्यमा पक्की पुल भत्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार वडोदरा र आणंद जिल्ला जोड्ने उक्त पुल वडोदराको बाहिरी क्षेत्रमा माही नदीमाथि निर्माण गरिएको थियो।
पुलको बीचको भाग भत्किँदा दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा कार र एउटा अटोरिक्सा नदीमा खसेका वडोदरा जिल्ला कलेक्टर अनिल धामेलियाले जानकारी दिएका छन्। दुर्घटनापछि स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको छ।
पीटीआई समाचार एजेन्सीका अनुसार दुर्घटनामा संलग्न पुल झन्डै ४० वर्ष पुरानो थियो। गुजरात सरकारले घटनाको छानबिन गर्न आदेश दिइसकेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाले पुलहरूको अवस्था र सार्वजनिक संरचनाको सुरक्षामाथि पुनः प्रश्न उठाएको छ।