ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

आगामी वर्षको कार्य योजना तथा बजेट व्यवस्थापनबारे अन्तर्क्रिया

२५ असार २०८२, बुधबार
२५ असार २०८२, बुधबार

बुटवल, २५ असार ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आगामी वर्षको कार्य योजना तथा बजेट व्यवस्थापन बारे मंगलबार अन्तर्क्रिया सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा बिस्तार गरी आन्तरिक स्रोतको विकास तथा सेवाग्राहीलाई थप सहज हुने गरी अघि बढ्न निर्देशन दिए ।अस्पतालको प्रयोगशाला विभागलाई थप विश्वसनीय र छरितो बनाउनु पर्ने, रेडियोलोजी विभागलाई व्यवस्थित गराउँदै लैजानु पर्ने, क्याथल्याव सेवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, प्रसूति सेवालाई अझ व्यवस्थित बनाउँदै रातको समयमा समेत गुणस्तरीय सेवालाई जोड दिनु पर्ने लगायतका सुझावसहित सुधारका कार्यलाई अघि बढाउन अध्यक्ष श्रेष्ठले निर्देशन गरे । मितव्ययीतासँगै स्वास्थ्य सेवालाई गुणस्तर बनाउने सवालमा आफू प्रतिवद्ध भएको बताउँदै उनले अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी परिवार सोही अनुसार प्रतिवद्ध भएर लाग्न आग्रह गरे ।

यसैगरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सर्वशुलभ बनाउनका लागि आवश्यक उपकरण खरिद तथा संरचनाहरूको व्यवस्थापनका लागि आगामी वर्षको कार्ययोजनामा समावेश गरिएको जानकारी गराए । अस्पतालको अत्याधुनिक भवन निर्माणाधिन अवस्थामा रहेकाले अहिलेको पुरानो संरचनामा लगानी गर्ने कुरालाई मितव्ययीता अपनाइने भएपनि आधारभूत र अत्यावश्यक कुराहरूका लागि भने कुनै कमी हुन नदिने गरी योजनावद्ध अघि बढिएको जानकारी गराए ।

आगामी वर्षका लागि अस्पतालमा निकट भविष्यमै सञ्चालन हुन लागेको एमआरआई मेसिन सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन, सिटी स्क्यान मेसिन थप गरी सञ्चालन गर्ने तयारी, रातको समयमा पनि ड्युटी अफिसर राखेर गुणस्तरीय सेवा प्रदान गर्ने, एमडीएमएस अध्यापनका लागि सम्भाव्यता अध्ययन लगायतका योजनाहरू अघि बढाइएको उनले बताए । यसैगरी अस्प्तालमा निमार्णको काम भैरहेको ४५ बेडको वार्ड बिस्तार गरी आउँदो दशै भित्र सञ्चालनमा ल्याउने गरी तीब्रताकासाथ अघि बढेको उनले बताए ।

अन्तरक्रियामा अस्पतालका विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । उनीहरूले आफ्नो विभागा भएका जनशक्तिको अवस्था, स्वास्थ्य उपकरणहरूको अवस्था तथा सेवाको स्तर लगायतका विषयमा जानकारी गराउनुका साथै आगामी वर्षका लागि आवश्यक योजना तथा बजेट व्यवस्थापनका बारेमा सुझाब प्रस्तुत गरेका थिए ।  विभागीय प्रमुखहरूले दक्ष जनशक्तीको व्यवस्थापन, उपकरणहरूको मर्मत सम्भार तथा नयाँ खरिदका साथै इक्वीप्मेन्ट लाइब्रेरीको व्यवस्था, फार्मेसी सेवातर्फ सेवाग्राहीलाई परामर्श कक्षको व्यवस्था लगायतका योजनालाई आगमी वर्षको योजनामा समावेश गर्न आग्रह गरेका थिए । नेपाल सरकारबाट बीमा सेवातर्फ समयमा रकम भुक्तानी नुहँदा आर्थिक समस्या झेल्नु परेको उनीहरूले गुनासो गरे ।कार्यक्रमको सहजीकरण गर्दै अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीले अस्पताल विभागहरूबाट प्राप्त मौखिक तथा लिखित सुझाबहरूलाई संकलन गरिएको बताउँदै आगामी वर्षको कार्योजनामा समावेश गरिने प्रतिवद्धता गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?