Butwal Today

तीन महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने सांसद तामाङको घोषणा

२५ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

 नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै तामाङले रसुवागढीमा हालै आएको बाढीबाट पीडित क्षेत्रको पुनर्निर्माण र राहतका लागि सहयोगस्वरूप तलब सहयोग गर्न लागेको जानकारी गराए।

उनले बाढीबाट प्रभावित क्षेत्रमा खर्च गर्न कोषमा तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई औपचारिक पत्र पठाएकोसमेत समितिलाई जानकारी दिएका छन्। तामाङको निर्वाचन क्षेत्रसमेत रहेको रसुवामा मंगलबार आएको बाढीले जनधनको क्षति पुर्‍याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?