ट्रेंडिंग:

>> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल

बेथिति समाधान गर्न सरोकारवालाको जोड 

२५ असार २०८२, बुधबार
२५ असार २०८२, बुधबार

कपिलवस्तु, २५ असार ।

कपिलवस्तु जिल्लाका सञ्चारकर्मीले स्वास्थ्य क्षेत्रमा रहेको जिल्लाभरको बेथिति समाधान गर्न सरोकारवालाको ध्यान जानुपर्ने बताएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा तौलिहवामा सम्पन्न मिडियाकर्मीका लागि स्वास्थ्य सेवा प्रवर्द्धन सम्बन्धी पैरवी कार्यक्रमका सहभागीले सो सुझाव दिए ।  जिल्लाका विभिन्न स्थानमा मापदण्ड नपुर्‍याई क्लिनिक र निजी अस्पताल चलाइएको, मापदण्ड बिनाका प्रयोगशाला सञ्चालनमा रहेको, फार्मेसीहरूले क्लिनिक दर्ता नगरी विशेषज्ञ डाक्टरको सेवा दिएको, सेवा प्रवाह गर्ने डाक्टरको सुची राखेर बिरामी झुक्काउने गरेको, सरकारी अस्पतालका डाक्टर अस्पताल समयमा निजी क्लिनिकमा उपचार गर्दै आएको, एम्बुलेन्सहरूले मनोमानी शुल्क लिने गरेको र निजी क्लिनिकमा सेटिगंमा बिरामी पुर्याएर उनलाई आर्थिक भार पुर्याएको लगायतका गुनासो आएकाले सो समाधानमा सम्बन्धित निकायले चासो लिन आवश्यक रहेको सञ्चारकर्मीहरूको भनाई थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विवश रानाले डेगी रोग बारे सुचना प्रवाह गर्दै लामखुट्टेको टोकाईबाट हुने डेगीको जाखिम नेपालमा बढदै गएको जनाए । डेंगी नियन्त्रणका लागी फोहर पानी जम्ने भाडा, टायर, ड्रम लगायतका सामाग्रीमा फोहर पानी जम्न नदिन बिचार उनले सुझाव दिए । त्यसै गरि कार्यालयले सुर्तिजन्य पदार्थ बारे सचेतना प्रवाह गराउदै आएको जनाउदै २०८१ पौष यता क्यान्सरका ८० जना र मृगौला प्रत्यारोपणका लागि प्रदेशबाट पाउने सुबिधाका लागि बिरामीहरू कार्यालयको सम्पर्कमा आएको उनले तथ्याकं पेश गरे । जिल्लामा ८० बर्ष माथीका जेष्ठ नागरिक र असक्त नागरिक सँग स्वास्थ्यकर्मी कार्यक्रम मार्फत ५ हजार ८ सय ९९ जनालाई सेवा दिईएको अधिकृत रानाले जानकारी दिए ।

त्यसैगरि १२ हजार ७ सय ६१ जना नागरिकको नसर्ने रोगको परिक्षण, ३ सय ३८ जनाको स्थाई बन्ध्याकरण, दुर्घटना न्युनिकरणका लागी ट्राफिक सँगको सहकार्यमा सचेतना प्रवाह, खोप सेवा, पोषण सुधार, क्षयरोग तथा कुष्ठरोग खोज पडताल र उपचार, औंलो खोज पडताल र उपचार, सुरक्षित मातृत्व तथा परियोजना कार्यक्रमलाई कार्यालयले प्राथमिकता दिदै आएको उनले जनाए । संचारकर्मी समाजका सूचनाका स्रोत रहेकोले जनताको विचार निर्माणमा महŒवपूर्ण भूमिका खेल्ने भएको हुँदा स्वास्थ्य प्रवद्र्धन सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए ।

सञ्चारकर्मीबाट आएको सुचनालाई गम्भिर रूपमा लिई स्वास्थ्य क्षेत्रका चुनौती समाधानमा भुमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए । नागरिकको स्वास्थ्य सुधारका लागि राज्यले ठुलो लगानी गरेकोले निशुल्क रूपमा उपलब्ध हुने सेवा सहज रूपमा लिनका लागि अझै पनि नागरिकमा सूचना अभाव रहेकोले मिडियाकर्मी र स्वास्थ्यकर्मीको सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुको स्वास्थ्य कार्यालय मिडियामैत्री रहेकोले नै हरेक स्वास्थ्यका अभियानहरू सफल भएको बताए । सबै खाले स्वास्थ्य सेवा आमनागरिकले सहज रूपमा प्राप्त गर्ने सुनिश्चित हुनेगरी काम गर्न आवश्यक रहेकोमा भुसालले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?