ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

पहिरो रोक्न ‘वायो इन्जिनियरिङ’

जोखिम भएका कारण स्थानीय श्रोत र साधनको प्रयोग भू तथा जलाधारको संरक्षणको प्राविधिक सहयोग, डिभिजन सडक कार्यालयको आर्थिक व्यवस्थापन स्थानीय सरकारको श्रोत व्यवस्थापनमा दिगो व्यवस्थापनको कार्य थालनी भएको छ ।
२५ असार २०८२, बुधबार
२५ असार २०८२, बुधबार

पाल्पा,  २५ असार ।
तानसेन नगर सरकारले कोभिड महामारीको समयमा भएको लकडाउनको मौका छोपी नगर भित्र पर्ने सिद्धार्थ राजमार्गको सडक चौडा गर्ने काम ग¥यो । सडक चौडा गरेकामा तत्कालीन नगर प्रमुख सहित निर्वाचित जनप्रतिनिधिले प्रशंसा पनि पाए । तर जनप्रिय मा.वि वर्तुड्ड र त्यसको पछाडि रहेका घरमा बसोबास गर्नेलाई भने न त दिनमा भोक न त रात निद नै भएको थाहा नहुने गरायो सडक चौडा गर्ने सडकले । जब पानी पर्छ तब घर नै छाडेर भाग्नुपर्ने गरायो । ठुला ठुला मेसिनको प्रयोग गरेर सडक चौडा गर्दा मेसिनको कम्पनका कारण भूक्षय तथा पहिरो जाने क्रम चल्यो ।

दैनिक रूपमा ठुला साना सवारीका साधन गुड्ने त्यसमाथि पहिरो पहिरो माथि दुई वटा घर र जनप्रिय मा.वि रातो माटो जति बेला पनि बगर सहित बग्ने । अत्यन्तै जोखिम भएका कारण स्थानीय श्रोत र साधनको प्रयोग भू तथा जलाधारको संरक्षणको प्राविधिक सहयोग, डिभिजन सडक कार्यालयको आर्थिक व्यवस्थापन स्थानीय सरकारको श्रोत व्यवस्थापनमा दिगो व्यवस्थापनको कार्य थालनी भएको छ ।

स्थानीय सरकारका प्रतिनिधि तथा वडा नम्बर ६ का वडा अध्यक्ष सागर महर्जन भन्दछन् यो भू बनोट कमजोर रहेछ । हरेक वर्ष जोखिम बढ्दै गयो । व्यक्तिको निजी सम्पत्ति, परिवार माथि क्षति हुने सम्भावना बढ्यो । त्यसका साथै विद्यालयसम्म पुग्न लाग्यो पहिरो । पहिरो नियन्त्रणका लागि चौतर्फी दबाब आउन लाग्यो । विशेष गरी प्रमुख जिल्ला अधिकारीको पहलमा यो प्रविधिको उपयोग भएको हो । पहिरो नियन्त्रणका सवालमा भू तथा जलाधार संरक्षण कार्यालयको प्राविधिक सहयोग हो । हामीले त वडा तहबाट बास खोज्यौँ । त्यसरी काम गर्दा पहिरो नियन्त्रण हुन्छ भनेर हप्ता दिनबाट कामको थालनी गरिएको हो ।

ठाडो र फराकिलो छ पहिरो त्यसलाई नियन्त्रण गर्ने भनेको बायो इन्जिनियरिङ हो । एक मिटरको फरकमा बास राखेर बगेको माटो रोक्ने काम भएको छ । यो प्रविधि अपनाउँदा माटो बगेर गल्छी बन्न दिँदैन जसले गर्दा पहिरो रोकिन्छ । यो प्रविधि पहाडी क्षेत्रमा उपयोगी भएको भू तथा जलाधार कार्यालयका प्रमुख सरोज पोखरेल बताउँछन् । अब तत्काल यस माथि अम्लिसो, नेपिएर कुस प्रजातिको बिरुवा रोपण गर्नु पर्ने उनी बत्ताउँछन् ।

सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवाल भन्दछन् असार महिना त्यसै माथि समय अत्यन्तै छोटो थियो । यो प्रविधि उपयोगी भए पनि यस अगाडी अनुभव बटुलेका कामदार नभएका कारण काम गर्न सकिएको थिएन ।अहिले कामदारको व्यवस्था भएपछि करिब ४ लाख रूपैयामा निर्माणको काम निर्माण व्यवसायीलाई दिएको हो । सडक कार्यालयले चौडा भएको ठाउँमा कालो पत्रे गरेपछि सडक सुरक्षाका लागि बनाएको पक्की पर्खाल पनि माथि बाट आएको पहिरोको कारण भत्कियो । अब यो प्रविधि बाट सुरक्षित हुने उनी बत्ताउँछन् ।

स्थानीय सरकारका प्रतिनिधि तथा वडा अध्यक्ष सागर महर्जन भन्दछन् अब स्थानीय जनताको सहभागितामा भू क्षय हुन बाट रोक्ने वनस्पति लगाउने तयारी भएको छ पहिलो चरणको काम अन्तिम अन्तिममा पुगेको छ । यो प्रविधि स्थानीय सरकारलाई सिकाई भएको छ । सफल भए नगर सरकारले आउने वर्ष बाट यो प्रविधि अन्य क्षेत्रमा पनि प्रयोग गर्नेछ । वायो इन्जिनियरिङको कामको जिम्मेवारी पाएका निर्माण व्यवसायी प्रकाश श्रेष्ठ भन्दछन् यो प्रविधि अनौठो लाग्यो स्थानीय श्रोत र साँदनसँगै स्थानीय प्रविधिको उपयोग गरेर कम खर्चमा दीर्घकालीन रूपमा समाधान हुने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?