ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

स्पेनको कार्यक्रममा गएकाहरू नफर्किएको गम्भीर आरोप : सांसद सोबिता गौतम

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

 काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बाहनामा गएकाहरू नै नफर्किएको भन्दै गम्भीर आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै होइन, विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने नाउँमा नेपालीलाई विदेश लैजाने गिरोह सक्रिय रहेको उल्लेख गर्दै त्यसविरुद्ध उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिन्।

प्रधानमन्त्री ओली गत १४ असारमा संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए। सो भ्रमणमा प्रधानमन्त्रीसँगै गएको टोलीमा केही व्यक्तिहरू कार्यक्रममा सहभागी हुने भन्दै स्पेन गएका तर अझै नफर्किएको समाचार सार्वजनिक भएपछि सांसद गौतमले संसदमा चासो व्यक्त गरेकी हुन्।

“स्वयं प्रधानमन्त्री जानुभएको कार्यक्रममा पनि केही व्यक्ति नफर्किएको भन्ने खबर सार्वजनिक हुनु गम्भीर विषय हो,” उनले भनिन्, “यो विषय त्रिभुवन विमानस्थलमा सीमित छैन, नेपालीलाई लोभ प्रलोभनमा पारेर लैजाने गिरोहसँग जोडिएको छ।”

गौतमले हालै देखिएका यस्ता घटनाहरूमा भिजिट भिसाको दुरुपयोग हुँदै आएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताइन्।

सरकारले यस्तो संवेदनशील विषयमा टालटुले समिति बनाएर गम्भीरतासँग नलिएको भन्दै असन्तोष पनि व्यक्त गरिन्। “सरकारले स्वार्थ बाझिने, अनुभवविहीन पात्रको नेतृत्वमा कनिष्ठ कर्मचारी राखेर बनाएको समिति स्वीकार्य छैन,” गौतमको भनाइ थियो। उनले यस विषयमा उच्चस्तरीय छानबिन समिति अनिवार्य रुपमा गठन हुनुपर्ने पार्टीको अडान रहेको पुनः दोहोराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?