Butwal Today

रोटरी लुम्बिनी स्टार्सको सातौ पद स्थापन

२४ असार २०८२, मंगलवार
अ+
अ-

बुटवल, २४ असार । रोटरी क्लब अफ लुम्बिनी स्टार्सको सातौ पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बिच रोटरी जोन २७ का एजी सिए हरि लम्सालले उद्घाटन गर्दै सामाजिक क्षेत्रमा रोटरीको योगदानबारे प्रकाश पार्दै आफ्नो दायित्वलाई पुरा गर्न सुझाव दिए । डिष्ट्रिक फण्डमार्फत शिक्षा, स्वस्थ्यको क्षेत्रमा क्लबबाट आवश्यक परियोजना चलाउन समेत सुझाव दिए । आफुसंग भएको जनशक्तिलाई सदुपयोग गरेर समाजसेवामा उपयुक्त हुने तर्क दिदै सेवाको क्षेत्रमा स्वस्थ्यको कार्यक्रम उपयुक्त भएको बताए । परियोजनाको निरन्तरतामा ध्यान दिदै उनले समुदायलाई जोडेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा वर्ष २०१४/२५ का अध्यक्ष निरज पाण्डेले वर्ष २०२५/०२६ का अध्यक्ष बिमल ढकाललाई पद हस्तान्तरण गरे । कार्यक्रममा वर्ष २०२५/०२६ का अध्यक्ष बिमल ढकालले आफ्नो कार्यक्रालमा गर्ने कार्यहरुको प्रतिवद्घता जनाए । क्लबमार्फत सिग्नेचर कार्यक्रम अन्तरगत दात तथा मुख स्वस्थ्य अन्तरगत आधुनिक समाज डेन्टल प्रालिको सहकार्यमा प्रत्येक वर्ष १ लाख जनाको निशुल्क स्वस्थ्य जाच गर्दै आएको छ ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष यादव भण्डारीले रोटरीको मुलमन्त्रलाई सधै लिएर काम गर्न सुझाव दिए । रोटरीलाई सहज र सरल बनाउन जरुरी छ ।

कार्यक्रममा क्लबका एजी जिवन अर्याल, क्लबका सल्लाहकार एजाज आलम, क्लबका सचिव मुक्तिराम भण्डारीले रोटरी स्वास्थ्य, शिक्षा, वातावरण, शान्ति स्थापना र महिला सशक्तीकरणमा पु¥याउँदै आएको भूमिकालाई प्रभावकारी ढंगबाट निरन्तरता दिनुपर्ने बताए ।