Butwal Today

नेपाल टेलिकमकी निलम्बित संगिता पहाडीमाथि विशेष अदालतमा सुनुवाइ

२४ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेपाल टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी सोमबार विशेष अदालतमा उपस्थित भएकी छन्।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा हाल पहाडीको बयान प्रक्रिया जारी छ। अख्तियारले सार्वजनिक पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोपमा उनीसहित अन्य विरुद्ध मुद्दा दायर गरेको हो। सार्वजनिक संस्थामा पारदर्शिता र जवाफदेहिताको सवालमा यो मुद्दालाई विशेष महत्वका साथ हेरिएको छ।