© २०२३
बुटवल, २४ असार ।
पाल्पाको सिदबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी २ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक जनक भण्डारी र उनकी श्रीमति कल्पना चापागाई पहिरोमा परी घाइते भएको प्रहरीले जनाएको छ ।
दिउँसो एक्कासी माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खसेको र उनको उद्दार भैरहेको प्रहरीले जनाएको छ ।