Butwal Today

संघीय लोकतान्त्रिक मोर्चाको बैठक काठमाडौंमा जारी

२४ असार २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं , २४ असार।

संघीय लोकतान्त्रिक मोर्चाको बैठक काठमाडौंमा जारी छ। बैठकमा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा मोर्चाको तर्फबाट साझा उम्मेदवार छान्ने विषयमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालका अनुसार संघीयताको मर्म अनुरूप प्रादेशिक राजनीतिक दलको आवश्यकता र त्यसका लागि कानुनी व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल हुने छ।

बैठकको कार्यसूचीमा निजामती सेवा ऐनमा भएका त्रुटिहरू, संवैधानिक नियुक्ति सम्बन्धी सर्वोच्च अदालतको फैसला, मोर्चाको प्रतिबद्धता पत्र र आगामी कार्यक्रममाथि समेत गहन छलफल गर्ने तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?