ट्रेंडिंग:

>> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ

रसुवामा बेपत्ता नेपालीमध्ये अधिकांश श्रमिक (नामावली)

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

काठमाडौं, २४ असार।

रसुवाको टिमुरे क्षेत्रमा मंगलबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले मानवीय र भौतिक क्षति दुवै गराएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, भन्सार यार्डमा काम गर्ने ९ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १५ जना बेपत्ता भएका छन्।

उता उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीले बगाएको पुष्टि भएको छ। प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बाढीमा बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

बेपत्ता ९ नेपालीमध्ये अधिकांश बर्दियाका मजदुर छन् भने अन्य सिन्धुपाल्चोक, बागलुङ र अन्य जिल्लाका छन्। कन्टेनर, मिक्चर र हाइलक्स गाडी चलाउने चालकहरू पनि हराइरहेका छन्। चिनियाँ नागरिकहरूमध्ये यु युए, लि हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ को अवस्था अज्ञात छ।

यसैबीच, उत्तरगया गाउँपालिका–५ उत्तरगयाधामको खोला किनारमा एक पुरुषको शव फेला परेको छ। शवको पहिचान खुल्न बाँकी छ। दाहिने खुट्टा र गुप्ताङ्ग मात्र भेटिएको बताइएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा बिहान ३ बजेतिर बाढी पसेको हो। चीनतर्फको लगातार वर्षाका कारण आएको बाढीले नेपाल–चीनको व्यापारिक नाका जोड्ने मितेरी पुल बगाएको छ, जसका कारण बिहान ४ बजेदेखि दुई देशबीचको आवतजावत बन्द भएको छ।

त्यसैगरी गोसाइँकुण्ड–२ मा रहेको इभी चार्जिङ स्टेसनमा पार्क गरिएका ७–८ वटा गाडी बगाएका छन् भने रसुवागढी भन्सार कार्यालयको यार्ड र हाइड्रोपावर ड्याममा समेत ठूलो क्षति भएको छ।

सुरक्षाकर्मीहरू उद्धार र बेपत्ताहरूको खोजीमा खटिएका छन्। घटनास्थलमा अझै जोखिम कायम रहेकोले थप क्षतिको सम्भावनालाई नकार्न नसकिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?