© २०२३
काठमाडौं ।
चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा फसेका ५५ जनाको सफल उद्धार गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले मंगलबार दिउँसो ३:३० बजेसम्म फसेकाहरूलाई सुरक्षित रुपमा बाहिर ल्याएको हो। उद्धार गरिएकामध्ये ४ महिला, ५१ पुरुष रहेका छन् भने उनीहरूलाई झोलुङ्गे पुलको माध्यमबाट हिँडाएर सुरक्षित स्थानमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ। उद्धार गरिएकामध्ये १ जना चिनियाँ नागरिक पनि छन्।
यसैबीच, बाढीका कारण १८ जना अझै बेपत्ता रहेका छन् भने १०० भन्दा बढी सवारीसाधन बगाएको प्रारम्भिक जानकारी प्रहरीले सार्वजनिक गरेको छ। स्थिति अझै संवेदनशील रहेकाले उद्धार कार्य जारी रहेको जनाइएको छ।