© २०२३
काठमाडौं ।
हालैको बाढीप्रकोपपछि प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जान लागेका छन्। रसुवागढी भन्सार क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएपछि प्रधानमन्त्री ओली स्थलगत अवलोकनका लागि मंगलबार अपराह्न त्यहाँ जाने तयारीमा छन्।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रातोपाटीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकलाई पनि साथमा लिएर प्रधानमन्त्री ओली रसुवा जान लागेका जानकारी दिएका छन्। यद्यपि, उनीहरू कहिले प्रस्थान गर्ने भन्ने समय भने अझै टुंगो लागिसकेको छैन।
बाढीले रसुवाको संरचना, सडक र जलविद्युत आयोजना क्षेत्रमा व्यापक असर पु¥याएपछि प्रधानमन्त्री स्वयं स्थलमै पुगेर अवस्था बुझ्न लागेका हुन्। प्रधानमन्त्रीको यो भ्रमणलाई बाढीपछिको उच्चस्तरीय प्रतिक्रिया स्वरूप हेरिएको छ।