ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

प्रविधिले खायो रोपाईं संस्कृति

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार
पाल्पा, २४ असार ।
सिमसिम पानी, धुम्म आकास, खोक लगाउनेहरुको गोरु दौडाउने प्रतिस्पर्धा, पुरुष आली लगाउने महिलाहरुले कहाँ छ र चरीको घर रात कटाउने लपक डालीमा बसेर भन्ने गित गाउँदै गितको तालमा रोपाई गर्दाको क्षण माडी फाँट नै गुन्जायमान हुन्थ्यो । हुने खाने सम्पन्न परिवारले रोपाई गर्दा आज फलानाको बाजे रोपाई भनेर चर्चाको विषय हुन्थ्यो ।
असार महिना लाग्ना साथ खेती गर्ने, खेतको क्षेत्रफल अनुसार गोरुको हल पनि त्यति नै हुन्थ्योे । पुरुषहरुले जोत्ने, हेगा लगाउने, खोक लगाउने जस्ता काम गर्थे भने महिलाहरु धान रोप्ने, बिउ उखेल्ने जस्ता कार्यहरु गर्थे ।
जब समाज आधुनिकतातर्फ ढल्कदै गयो प्रविधिको बिकास हुँदै गयो । हलगोरु आजकाल देख्नै पाइन्न । नया पुस्ताका लागि यस्ता कार्यहरु नौलो लाग्न लाग्दछ ।
पहिले पहिले रोपाई गर्दा ज्याला दिने भन्ने गोरुदेखि खेताला सबै अरिम परिम थियो । खाजाको लागि चामल पिसेर घिउमा बनाइएको पुुवालाई टपरीमा कर्कलोको अचारसंग खाने गर्दछन् । त्यो अत्यन्तै समावेशी तथा समाजवादी नीति अनुरुपको थियो । त्यो कृषकको सभ्यता सस्कृति भएको तानसेन नगर दमकडाका मिन प्रसाद बन्जाडे बताउँछन् ।
दिनभर खेतमा गित गाउँदै रोपाई गरेर थाकेका खेतला फेरि घर जाँदा गित गाउँदै बाटो नै रमाइलो भएको पुराना पुस्ताको अनुभव रहेको छ । सबैका घर घर एक हल गोरु हुन्थ्यो । गाउँ नै भरिभराउ हुन्थ्यो । हल गोरुदेखि खेतला सम्म सबै परिम चल्थ्यो । कृषि कर्मलाई अंगालेका कारण खाद्यान्नले जिल्लालाई आत्मनिर्भर बनाएको थियो । खेतका काम सबै त्यसैगरी चलेको थियो । अचेल सबै हराएको वगनासकाली गाउँपालिका नायरका हरिबहादुर सारु बताउँछन् ।
जिल्लाको अन्न भण्डार भनिने रामपुर,अर्गली, सर्देवा, कचल सबै फाँटहरु हुन्् । सबै भन्दा पहिला रोपाई हुने माडी फाँटमा हो । असारको पहिलो साताबाट सुरु भएको रोपाई साउनको तेस्रो हप्ता सम्म चल्थ्यो । तर आजभोलि गोरुको ठाउँ ट्याक्टरले लियो । ट्याक्टरका कारण परिम गर्ने खेतला पाउनै छाडे । खेतीयोग्य जमिन टुक्रिने र बाँझिने क्रम बढ्दै गएको छ । हिजो जनधनले भरिएको गाउँ आज वनमारा र वन्यजन्तुले ढाकिएको छ । खेती गर्ने पुराना पुस्ता अस्ताउँदै गए । नया पुस्ता रोजगारको लागि आफ्नो बासस्थान छाडे । समय अनसार घण्टाको ज्यालामा काम गर्ने १ सय मुरी धान स्याहार्नेहरु १–२ बोरामा सीमित भए , पुवाको खाजाको ठाउँ चाउमिन र चाउचाउले पुरा गरी दिएको माथागढी गाउँपालिका कसेनीका  पुराना पुस्ताका डिल बहादुर राना बताउँछन् ।
अवसर र संभावनाको खोजीमा गाउँ बस्तीमा मानिस  शहर केन्द्रित भए । खेतबारी जोत्नका लागि साना साना ट्याक्टर पसे । महिना दिन सम्म लगाएर काम गर्ने समयमा एक दुई घण्टामा नै काम सकियो । सजिलो र छिटोको लागि हाम्रा पुराना सस्कृति अब इतिहासको पानामा भयो । अब यस्ता कार्यहरु नया पुस्ताका लागि अचम्म र नौलो भएको माथागढी गाउँपालिका कसेनीका अगुवा कृषकहरु बताउँछन् ।
जब रोपाई सकिन्थ्यो, तव गोरुलाई तागतिला घाँस अन्नहरु खुवाउने, खोलामा लगेर हिलो पखाली दिने, गोरु जोत्ने हलीलाई पनि बिसौनी भन्दै मिठो मिठो खुवाउने चलन थियो । यसले एउटा संस्कृतिको विकास गरेको थियो । अब तिनै कुरा सबै हराउन पुगेको तानसेन नगर दमकडाका पुराना पुस्ताका वेद प्रसाद न्यौपाने बताउँछन् । पुराना पुराना संस्कृति हराउनुमा पहिलो त गाउ नै सुनसान हुन हो । त्यसैगरी जमिनको क्षेत्रफल पनि खोटिदै जानु हो । त्यसैमाथि छिटो र सजिलोको लागि प्रविधिको विकास हुँदा सभ्यता र सस्कृति पनि हराउँदै गएको उनले बताए ।
खेतमा रोपाई गर्दा र धान काट्दा सम्म कही कतै अरिम परिम चलेको छ । त्यसैगरी धान स्याहार्ने क्रममा पनि काम र समयको बचत भएको छ । पहिलापहिला मंसिर भरी धान काट्ने र पुष लागेपछि धान दाउने प्रचलन अब धान काटेकै दिन थे«सर लगाएपछि लाएकै दिन धान पराल स्याहार्ने र काट्ने गरेर सक्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?