© २०२३
काठमाडौँ ।
चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण भएको जनधनको क्षति पछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारी टोली बाढी प्रभावित क्षेत्र रसुवातर्फ प्रस्थान गरेको छ।
प्रधानमन्त्री ओलीसहितको टोली मंगलबार अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवागढीतर्फ प्रस्थान गरेको हो। घटनास्थलको स्थलगत अवलोकन र आवश्यक निर्णयका लागि टोली त्यसतर्फ गइरहेको गृह मन्त्रालयले जनाएको छ।
सरकारी टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडी लगायतका उच्च अधिकारी सहभागी छन्। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार टोलीले घटनास्थलको अवलोकनपछि राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे निर्णय गर्नेछ।
चीनबाट आएको बाढीले रसुवागढी क्षेत्र, भन्सार तथा आसपासको संरचनामा ठूलो क्षति पु¥याएको छ। घटनापछि उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ।