ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित

जेठमा करिब २ खर्ब रेमिट्यान्स भित्रियो

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

 काठमाडौं,२४ असार।

चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा करिब १ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ। राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार, यो अघिल्लो महिनाको तुलनामा करिब १० अर्ब रुपैयाँले बढी हो। वैशाखमा भित्रिएको रेमिट्यान्स १ खर्ब ६५ अर्ब रुपैयाँ थियो।

साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा कुल विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यो वृद्धि दर १७.२ प्रतिशत थियो।

जेठ एक महिनाको मात्र हेर्ने हो भने, अघिल्लो वर्षको तुलनामा पनि उल्लेख्य वृद्धि देखिन्छ। २०८२ साल जेठमा भित्रिएको रेमिट्यान्स १ खर्ब ७६ अर्ब ३२ करोड पुगेको छ, जबकि २०८१ सालको जेठमा यो १ खर्ब २८ अर्ब ९१ करोड थियो।

अमेरिकी डलरमा हेर्दा पनि चालु आवको ११ महिनामा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड डलर पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यो दर १५.२ प्रतिशत थियो।

यस अवधिमा खुद द्वितीय आय पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। चालु आवको ११ महिनामा यो आय १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १४ खर्ब ४३ अर्ब १० करोड थियो।

रेमिट्यान्सको वृद्धिसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्या पनि बढेको देखिन्छ। चालु आव जेठसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५२ हजार ३२४ पुगेको छ भने, पुनः श्रम स्वीकृति लिने ३ लाख ८ हजार ६७ छन्। अघिल्लो आवको सोही अवधिमा यी संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० थिए।

रेमिट्यान्स आप्रवाहको यस्तो निरन्तर वृद्धिले देशको विदेशी मुद्राको सञ्चिति, भुक्तानी सन्तुलन, तथा वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पारेको देखिन्छ। तर दीर्घकालीन रूपमा यसमा निर्भर अर्थतन्त्रलाई स्थानीय रोजगारी र उत्पादनमा आधारित वैकल्पिक रणनीति आवश्यक रहेको विश्लेषकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?