ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

 खेलाडी रौनकलाई कपिलवस्तुमा यसरी गरियो स्वागत

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

कपिलवस्तु, २४ असार  ।

मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कपिलवस्तुका खेलाडी रौनक श्री वास्तवलाई कपिलवस्तुमा स्वागत तथा नगर परिक्रमा गराइएको छ ।

कपिलवस्तु क्रिकेट सङ्घको आयोजनामा रौनकलाई तौलिहवाको जमुवार पुल देखी प्रशासन चौक, आन्दोलन चोक, गौढी चोक, भिक्षु चोक, महिता हुँदै तिलौराकोट होटलमा पुर्‍याएर स्वागत तथा सम्मान गरिएको हो । एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सो सगै उनको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिएको छ ।

तौलिहवामा आयोजित कार्यक्रममा कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे सहितको कार्य समिति, प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, प्रहरी उपरिक्षक निरन्जनदत्त भट्ट, नेपाल क्रिकेट संघ (क्यान) पुर्व सचिव प्रशान्त बिक्रम मल्ल, क्यान लुम्बिनी प्रदेश सचिव कैलाश रोक्का मगर, सदस्यहरु बिनय सिंह ज्ञवाली, माया ज्ञवाली, प्रदेश सल्लाहकार दिनेश हमाल लगायतले खेलाडी रौनक श्री वास्तवलाई स्वागत तथा सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले मलेसियामा सम्पन्न प्रतियोगिताको टुर्नामेन्ट भरी राम्रो प्रदर्शन गरेकोले नेपाललाई बिजेता बनाउदै उत्कृष्ट खेलाडी घोषित भएकोमा साह्रैं खुसी लागेको बताए । रौनकको प्रदर्शन जिल्लाको लागि मात्रै नभई मुलुककै लागी गर्वको बिषय भएको उनले बताए ।

आफ्नो गृह जिल्लामा आफुलाई दिईएको माया, स्वागत तथा सम्मानले थप जिम्मेवारीको अनुभुती गराउनुका साथै धेरै नै खुसी लागेको खेलाडी रौनकले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?