ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

नेपालगन्ज नाकाबाट कैलाश मानसरोवरको यात्रा पुन सुरु

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

बाँके, २४ असार ।

भारतीय पर्यटकहरूलाई लक्षित गरी विगतका वर्षहरूमा सुरु गरिएको कैलाश मान सरोवरको यात्रा सुरु गरिएको छ । कोरोनाकालदेखि २०७६ यता बन्द रहेको हुँदा हाल केही दिन अगाडीदेखि पुनः सुरु भएकोमा पर्यटकहरूद्वारा खुसी व्यक्त गरिएको छ ।

भारतीय पर्यटकहरूले नेपालगन्ज नाका प्रयोग गर्दै कैलाश मानसरोवर सम्मको यात्रा गर्ने गरेका छन् । जसबाट नेपालगन्जमा रहेको होटल व्यवसायीहरूलाई एक देखि तीन दिन सम्म भारतीय पर्यटकहरूलाई सेवा दिन मौका मिल्ने गरेको छ । विगत २०७४ देखि बन्द हुँदा आर्थिक नोक्सानी हुँदै आएकोमा हाल केही दिन अगाडी देखि सुरु भएदेखि नेपालगन्जका होटल व्यवसायीहरूले समेत खुसी व्यक्त गरेका छन् ।

कोरोनाकालमा चाइनाले भारतीय पर्यटकहरूलाई रोक लगाएपछि कैलाश मानसरोवरसम्मको यात्रा रोकिएको थियो । धार्मिक पर्यटकहरूको लागि कैलाश मानसरोवरको यात्रा गर्दै सबभन्दा छिटो र छरितो भनेकै नेपालगन्ज नाका हुँदै गरिने यात्रा नै रहेको मानिन्छ । जसबाट भारतीय धार्मिक पर्यटकहरूले फाइदा उठाउँदै आइरहेका छन् ।

केही दिनको मात्र धार्मिक पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको नेपालगन्जमा रहेका होटल व्यवसायीहरूको भनाई रहेको छ । एक जना होटल व्यवसायीका अनुसार करिब ८ सय देखि १ हजारसम्म धार्मिक पर्यटकहरूले कैलाश मानसरोवरको यात्रा यस नेपालगन्ज नाकाबाट हालसम्म गरिसकेको बताए ।

होटल व्यवसायीहरूका अनुसार भारतको विभिन्न स्थानहरूबाट आउने धार्मिक पर्यटकहरूले एक रात भए पनि नेपालगन्जमा बास बस्ने गरेका छन् भने कतिपय यात्रुहरूले नेपालगन्जमा बसोबास गरेर बागेश्वरी माताको दर्शन समेत गर्ने गरेका छन् । जसले गर्दा यहाँका स्थानीयहरूले प्रत्यक्ष आर्थिक लाभ हुने गरेको बताउँछन् ।

तर नेपाल सरकारले यहाँ रहेका पर्यटकीय स्थलहरूको जुन स्तरबाट प्रचारप्रसार गर्नु पर्ने हो सो अनुसार नगरेको हुँदा भारतबाट आउने धार्मिक पर्यटकहरूलाई बाँके, बर्दिया लगायत जिल्लामा धार्मिक पर्यटकीय तवरले कहाँ कहाँ कति समयमा, कति खर्चमा पुग्न सकिन्छ भन्ने जानकारी अभाव हुँदा उनीहरूले नेपालगन्ज नाका हुँदा सिधै कैलाश मानसरोवर यात्रा गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?