ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

जाजरकोटका वन अधिकृत कुटिएको विषयलाई लिएर कर्मचारीले गरे विरोध

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

सुर्खेत,२४ असार ।

जिल्ला वन कार्यालय जाजरकोटका वन अधिकृत अमरप्रसाद साह कुटिएको घटनाको विषयलाई लिएर विभिन्न कर्मचारीका सङ्घ सङ्गठनहरूले विरोध जनाएका छन् ।  क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कार्य कक्षमै पुगेर साहमाथि हातपात गर्ने समूहलाई कानुनी दायरामा ल्याइ कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन कर्णाली प्रदेश, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन लगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाप्रति विरोध जनाएका हुन् ।

‘कार्यकक्षमा काम गरिरहेको अवस्थामा अज्ञात समूह प्रवेश गरी कार्यालय समयमा साङ्घातिक आक्रमण गरेको घटनाप्रति दुःख व्यक्त गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्कालै छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्दछ ।’
नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका निवर्तमान अध्यक्ष गणेश थापाले कार्यकक्षमाथि नै कर्मचारी कुटिनु भनेको सम्पूर्ण कर्मचारीमाथिको आक्रमण रहेको बताए । जुनसुकै विवाद र समस्याको समाधान वार्ता, संवाद र सामूहिक सौदाबाजीको माध्यमबाट निकाल्न सकिन्छ तर कामकारबाहीमा चित्त नबुझे कानुनी उपचारको व्यवस्था रहँदासमेत कार्यकक्षमै पुगेर कुटपिट गर्नु गलत हर्कत भएको थापाले जानकारी दिए ।

कार्यालयको काममा खटिएको कर्मचारीमाथि धम्की दिने,कुटपिट गर्ने र अभद्र व्यवहार गर्नेहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग उनले गरेका छन् ।राष्ट्रसेवक कर्मचारीमाथि हुने यस प्रकारका घटनाले सेवा प्रवाहमा असर पर्नुका साथै उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहने भएकाले यस प्रकारका गतिविधिहरूलाई निरुत्साहित गर्दै कर्मचारीहरूले सेवा प्रवाह गर्ने कार्यस्थलको सुरक्षाको प्रत्याभूत गराउन राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

असार २२ गते दिउँसो कार्यालयमा काम गरिरहेको अवस्थामा चार जनाको समूहको साहलाइ कुटपिट गरेका थिए । घटना लगत्तै उनीहरू फरार छन् । प्रहरीले खोजी जारी राखे पनि हालसम्म पक्राउ परेका छैनन् । साहका अनुसार आफूले कार्यालयमा काम गरिरहेको समयमा तीन, चार जनाको समूहमा आएका व्यक्तिहरूले एक्कासि कुटपिट गरेका थिए । कुटपिटबाट साह सामान्य घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?