ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

रोपाइँमा खेताला पाउनै मुस्किल

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

बर्दिया, २३ असार ।

रूपा थारु उमेरले २६ वर्षको पुगेकी छिन् । उनको विवाह हुनु भन्दा पहिला उनको सासु ससुरा र श्रीमानले खेती लगाउने मान्छे नभएपछि खेत बट्टैया दिँदै आएका थिए । तर रूपा विवाह गरेर आइसकेपछि उनीहरू बट्टैया नदिएर आफै खेत लगाउने सोच बनाए । तर उनीहरूलाई खेत लगाउने बेला खेताला नपाएपछि खेत लगाउन मुस्किल भएको छ । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ५ बढैया गाउँकी रूपा थारु खेताला नपाएपछि खेत लगाउन मुस्किल भएको बताउँछिन् । उनले भनिन्–‘पहिला बट्टैया (अँधिया) दिँदै आएका थियौँ । तर यो वर्ष देखि आफै खेत लगाउने सोच्यौँ तर खेताला नपाएपछि खेत लगाउन निकै गाह्रो भएको हो ।

घरमा परिवार सङ्ख्या ४ जना मात्र भएको र सासुससुरा ज्येष्ठ नागरिक भएको कारणले पहिला बट्टैया दिँदै आएका थियौँ तर यो वर्ष आफै खेती गर्ने सोच भएको कारणले यो वर्ष आफै खेत लगाउन थालेका छौँ करिब ३ दिन लगाएर खेताला खोज्दा समेत नपाएपछि छिमेकी गाउँबाट महँगो ज्याला तिरेर खेताला ल्याइ खेत रोपाइँ गरेका छौँ । गाउँमा सबै किसानहरू मात्र बसोबास गर्ने र ज्यालादारीमा काम गर्ने कामदार बजारमा ज्यालादारी काम गर्न गएको कारणले झन् खेताला पाउन मुस्किल भएको हो ।

अहिले प्राविधिक युग भएको कारणले सबै काम मेशिनबाटै हुने भएकोले खेताला पाउन कठिन भएको उनले बताइन । किसानहरूलाई खेतालाको मात्र समस्या होइन, किसानहरू हरेक समय समस्या बेहोर्न परेको हुन्छ । खेत लगाउने समयमा मल मिल्दैन र उत्पादन भएको अन्न लगायत तरकारी समेत बिक्री गर्न कठिन भएको हुन्छ । उत्पादन भएको अन्न लगायत खाद्यान्न सरकारले तोकेको मूल्यमा बिक्री समेत हुँदैन । एक क्विन्टल धान बिक्री गर्दा ५० केजी डिएपी मल किन्न समेत पैसा पुग्दैन ।

पालिकाले वितरण गर्न दिएको जिम्मा अनुसार अहिले सम्म हाम्रो वडामा कुनै पनि सहकारीले मल वितरण गरेको छैन । बर्दियामा मल नपाएपछि नेपालगन्जबाट मल ल्याएर खेत रोपाइँ गरेका छौँ । सरकारले किसानहरूका लागि करोडौँ रकम छुट्टाए पनि किसानहरूले वास्तविक किसानहरूले सेवा सुविधा पाएका छैनन् । सरकारले देशलाई कृषि प्रधान देश भने पनि यो लिखितमा मात्रै सीमित रहेको छ ।

यो एक किसानको समस्या होइन सबै किसानहरूको समस्या हो । अन्य क्षेत्रमा यो समस्या भने खासै देखिँदैन । म सामान्य जागिर पनि गरिरहेको छु त्यो सँगै साईकिलिङ पनि गरिरहको थिएँ तर केही समय यता खेतीमा मात्र ध्यान राखेको छु ।
गाउँमा धेरै किसानहरू बट्टैया दिएर बजार गएर काम गर्न थालेका छन् । यस्तै भयो भने केही समय पछि गाउँमा किसान भेटाउन समेत मुस्किल हुन्छ । कृषि प्रधान देशलाई सरकारले किसानहरूलाई राहत प्रदान गरी किसानमुखी बनाउन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?