Butwal Today

गाजाको क्याफेमा इजरायली आक्रमण: हमासका कमान्डरसहित २९ को मृत्यु

२३ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

इजरायली सेनाले उत्तरी गाजाको एक समुद्रतटस्थित क्याफेमा गरेको आक्रमणमा हमासका नौसेना कमान्डर मारिएको दाबी गरेको छ। हमलामा हमासका अन्य सदस्यहरूका साथै दर्जनौँ नागरिक पनि मारिएका छन्।

बीबीसीका अनुसार गाजाको अल-बाका क्याफेमा भएको आक्रमणपछि गाजामा रहेका र विदेशमा बसोबास गर्ने पीडित परिवारका सदस्यहरूले ठूलो संख्यामा हताहत भएको खबरले आफूहरू शोकमा परेको बताएका छन्।

इजरायली रक्षा बलका अनुसार आक्रमणमा हमासका नौसेना कमान्डर रम्जी रमजान अब्द अली सालेह मारिएका छन्। उनी ‘समुद्री आक्रमण योजना’ बनाउने र सञ्चालन गर्ने मुख्य योजनाकार रहेको  को दाबी छ। साथै, हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सुर र निसिम मुहम्मद सुलेमान अबु सबाहा पनि मारिएको बताइएको छ। गाजास्थित स्रोतहरूका अनुसार आक्रमणको समय क्याफेमा हमासका एक वरिष्ठ कमान्डर रहेको हल्ला चलेको थियो।

बीबीसीले पुष्टि गरेको विवरणअनुसार उक्त क्याफेमा भएको हमलामा २९ जना मारिएका छन्, जसमा कम्तीमा ९ महिला र बालबालिका छन्। गाजा क्षेत्रमा जारी संघर्षका बीच भएको यो आक्रमणमा सैन्य उद्देश्यका साथै सर्वसाधारणको ठूलो क्षति हुँदा अन्तर्राष्ट्रिय समुदायबाट थप चिन्ता व्यक्त हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?