Butwal Today

एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किए नेपाली टोली

२३ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ को छनोट खेलपछि स्वदेश फर्किएको छ। समूह चरणमा प्रभावशाली प्रदर्शन गरे पनि निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपालको एसियन कपको यात्रा यहीँ टुंगिएको हो।

नेपालले समूह चरणका दुई खेलमा उत्कृष्ट नतिजा निकालेको थियो। पहिलो खेलमा लाओसलाई ९–० ले हराउँदै बलियो सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकामाथि ८–० को सानदार जित निकालेको थियो।

तर अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण खेलमा उज्बेकिस्तानसँगको संघर्ष टाइब्रेकरसम्म पुगेको थियो। सो टाइब्रेकरमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगरले प्रहार असफल भएपछि नेपाल पराजित हुन पुग्यो।

यस पराजयसँगै नेपाली महिला टोलीको आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा पुग्ने सम्भावना समाप्त भएको छ। टोली आज बिहान स्वदेश फर्किएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?