ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

शहीद गंगालाल पुस्तकालयको नयाँ नेतृत्वमा चुडामणी खरेल, पठन संस्कृतिको पुनर्जागरणमा जोड

२२ असार २०८२, आइतबार
२२ असार २०८२, आइतबार

बुटवल, २२ असार । रुपन्देहीस्थित शहीद श्री गंगालाल पुस्तकालयको ३८औं साधारण सभा तथा आठौं अधिवेशनबाट चुडामणी खरेलको अध्यक्षतामा नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा लक्ष्मण ज्ञवाली, कोषाध्यक्षमा मणिराम भट्टराई तथा सदस्यहरूमा टिकानिधि गौतम, केशवराज न्यौपाने, गोपालमणि गौतम र पुस्करनाथ पन्थ चयन भएका छन् । बाँकी एक सदस्य कार्यसमितिबाट मनोनयन गरिने निर्वाचन समिति संयोजक डा.लक्ष्मण घिमिरेले जानकारी दिए ।

कार्यक्रमको संस्थापक उपाध्यक्ष तथा पूर्व राष्ट्रिय सभासदस्य देवेन्द्र घिमिरेले उद्घाटन गर्दै प्रविधिको विकाससँगै नयाँ पुस्तामा घट्दै गएको पढ्ने बानीप्रति चिन्ता व्यक्त गरे । पठन संस्कृतिको पुनर्जागरण जरुरी रहेको भन्दै उनले पुस्तकालयलाई समयसापेक्ष योजनासहित अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा वडाध्यक्ष फर्सुराम गिरीले शहीद गंगालाल पुस्तकालयलाई ऐतिहासिक धरोहरका रूपमा अगाडि बढाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष चुडामणी खरेलले पुस्तकालयलाई “राष्ट्रकै गौरवको केन्द्र” बनाउने लक्ष्यसहित सबैको साथमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थापक सदस्य मदनलाल पौड्याल, देवीप्रसाद पाण्डे, विभिन्न उपभोक्ता समिति तथा वन अनुसन्धान केन्द्रका प्रतिनिधिहरू, आजीवन सदस्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।
यस अवसरमा लक्ष्मण ज्ञवालीद्वारा प्रस्तावित पुस्तकालयको पुनर्लिखित विधान २०५५ पारित गरिएको संचालक सदस्य केशवराज न्यौपानेले जानकारी दिए । कार्यक्रममा अध्यक्ष खरेलले गतिविधि प्रतिवेदन र कोषाध्यक्ष मणिराम भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शहीद गंगालाल पुस्तकालयले पठन संस्कृति विकास र सामाजिक चेतनाको अभिवृद्धिमा योगदान दिंदै आएको छ । नयाँ कार्यसमितिबाट पुस्तकालयको दिगो विकासमा थप गति आउने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?