ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाल्पाको माटोमा अम्लीयपन बढ्दो 

२२ असार २०८२, आइतबार
२२ असार २०८२, आइतबार

पाल्पा,  २२ असार । 

कृषकहरूले कम क्षेत्रफलमा बढी उत्पादन लिने उद्देश्यले रासायनिक मलको प्रयोग बढाउँदै जाँदा माटोमा उर्वरा तत्त्व ह्रास हुँदै अम्लीयपन बढ्दै गएको कृषिविदहरू बताउँछन् । माटो सम्बन्धी जानकार तथा माटो विद् इन्द्र बहादुर ओली भन्दछन् । खेत बारीमा हरियो तथा गोठे मलको विकल्पमा कृषकहरूले जथाभाबी रूपमा रासायनिक मलको प्रयोग बढाउँदा ८० प्रतिशत जमिनको माटोमा अम्लीयपन बढ्दो अवस्थामा रहेको आफ्नो अध्ययनमा फेला परेको बताए ।
पहिले पहिले कृषि नै मुख्य पेसा भएका कारण हरेक किसानका घरमा गोठै भरी घरपालुवा जनावर हुन्थ्यो । गाउँ भरी भराऊ थियो । त्यसैले खेत बारीमा गोठे मल, वन जङ्गलका पात स्याउलाको प्रयोग हुन्थ्यो । जब मुलुक आधुनिकतामा ढल्कँदै गयो तब गाउँका युवा पुस्ता वैदेशिक रोजगारी तिर लागे त्यसको असर पनि उनले भने । माटोमा पियच ५.६ देखि ७.५ सम्मका लागि उत्तम हो तर यहाँको माटो साढे पाँच सम्म मात्र भएको उनले बताए ।

माटोमा रासायनिक मल प्रयोग गर्नै नहुने भन्ने होइन । यसका पनि मापदण्ड छन् । किसानले मापदण्ड अपनाउन ज्ञान नभएर मात्र पनि होइन । हामी सँग खाद्य बस्तुमा विषादी अथवा मिसावटको चेकजाँच गर्ने मेसिन तथा कानुनी दायरा पनि नभएर सबैलाई थाहा नभएर पनि हो । माटोका उपचार गर्ने विधि वा पद्धतिका विषयमा अधिकांश कृषकहरूले अनविज्ञता प्रकट गर्दछन् । माटोको शक्तिको परीक्षणको लागि स्थानीय सरकारले पहल गर्नुपर्ने हो । यस्ता विषयमा स्थानीय सरकारले माटो परीक्षण भन्दा रासायनिक मलका लागि सिफारिसमा अग्रसरता लिएका कारण माटोमा उर्वरा शक्ति प्रत्येक वर्ष घट्दै गएको पुराना कृषकहरू बताउँछन् ।
कृषकहरूमा चेतनाका कमिले मात्र नभई बढी उत्पादन लिने रहरका कारणले लार्पवाही गरी अन्धाधुन्ध रासायनिक मलको प्रयोग गर्दछन् । युरिया मल प्रयोग गर्दा ३ भाग युरियाको प्रयोग गर्दा २ भाग डिएपी १ भाग पोटास अनिवार्य हुन्छ तर हामी कहाँ रासायनिक मलको प्रयोग बढी भयो कृषकहरूलाई कसले बुझाउने हो । कृषि सामग्री कम्पनीका निमित्त प्रमुख सन्त बहादुर नेपाली बताउँछन् । माटोको उपचार सँगै सन्तुलन मिलाउनका लागि कृषकहरूलाई सचेतीकरण कसले गर्ने भन्ने मूल कुरा यहाँ हो । कृषि प्राविधिक वडा तह सम्म पुगे पनि प्राविधिकहरू घर घर पुग्न सकेनन् ।

माटोमा अम्लीय पन बढ्यो भने कृषि चुनको प्रयोग गर्ने हो । तर चुन प्रयोग गर्ने कृषकहरू नै नभएको निमित्त प्रमुख नेपाली बताउँछन् ।  रासायनिक मलको प्रयोगका कारण माटोमा समस्या उत्पन्न हुन्छ भन्ने पनि कृषकहरूलाई थाहा छ तर माटोको परीक्षण कहाँ गर्ने , त्यसपछिको विधि के हो भन्ने विषयमा थाहा नभएको वगनासकाली गाउँपालिका पोखरा थोकका बेनीराम नेपाली बताउँछन् । स्थानीय सरकारको जनप्रतिनिधिलाई नै यस विषयमा ज्ञान नभए पछि कृषकहरूलाई कसरी ज्ञान हुन्छ एक स्थानीय सरकारका जनप्रतिनिधिले बताए ।

स्थानीय सरकारको प्रमुख जिम्मेवारी हो । सङ्घीय संरचना अनुसार स्थानीय सरकारलाई नै बढी जिम्मेवारी हुन्छ । पहिलेको संरचना जिल्ला कृषि विकास कार्यालयले सेवा केन्द्र मार्फत कृषकलाई सचेतना सँगै माटोको उपचारको लागि क्रियाकलाप क्रियाशील रूपमा हुन्थ्यो । तर ती सबै एकादेशको कथा जस्तै भएका कारणले पनि माटोको अवस्था प्रति दिन खस्कँदै गएको कृषि विद्हरू बताउँछन् । रासायनिक मलको वितरणको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीले कृषि चुनको वितरण गर्ने हो । मलको तुलनामा चुनको माग नभएको कृषि कम्पनीले जनाएको छ । कृषि कम्पनीका अनुसार यस आर्थिक वर्षमा २ हजार मेट्रिक टन युरिया बिक्री गर्ने लक्ष्य रहेकोमा पुरा हुने कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७८/०७९मा ५५५.३ मेट्रिक टन युरिया, ७४.४५ पोटास ,०७९/०८०मा ५४९.२५ मेट्रिक टन युरिया, २७६.२५ डिएपी, ५३.५०पोटास मल वितरण भएको थियो । चालु आर्थिक वर्षमा डिएपी ४८०, पोटास १५०, मेट्रिक टन खपत हुनेछ । प्रत्येक वर्ष युरियाको प्रयोग बढ्दो छ । यसले पार्ने नकारात्मक असरको बारेमा कृषकहरू अनविज्ञता प्रकट गर्दछन्
माटोको विषयमा राम्रो अनुभव सँगालेका इन्द्र बहादुर ओलीका अनुसार युरिया मलले माटोको समस्या ल्याउने हो । त्यसका लागि सन्तुलन नै मिलाउने हो । रासायनिक मलको विकल्पमा हरियो गोठे मलको प्रयोग बढाउने हो । त्यो पनि नभए समय अनुसार माटो परीक्षण गरी कृषि चुनको प्रयोगलाई बढाउने हो । यस विषयमा स्थानीय सरकार नै बढी जिम्मेवारी हुनुपर्ने उनको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?