© २०२३
दाङ २२,असार ।
तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्रका किसानहरूलाई विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले आम्र पाली,दशहरी आँप, लिची,अम्बा,अनार र कागतीका बिरुवा वितरण गरेको हो । नगरप्रमुख टीकाराम खड्काले किसानहरूलाई फलफूलका बिरुवा वितरण गर्नुभएको हो । फलफूलका बिरुवा वितरण गर्दै नगरप्रमुख टीकाराम खड्काले पालिकालाई फलफूल खेतीमा आत्मनिर्भर बनाउनका लागि फलफूलका बिरुवा किसानहरूलाई वितरण गरिएको बताए ।
कृषि शाखाका प्रमुख कुलराज चौधरीका अनुसार पालिकाभित्र आँप एक सय ४१ हेक्टर,केरा ८३ हेक्टर, अम्बा १२ हेक्टर र कागती १० हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ । किसानहरूलाई आम्र पाली २९सय,दशहरी दुई सय, लिची दुई हजार, अम्बा नौ सय, अनार १५ सय र कागती १२ सय बिरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख कुलराज चौधरीले बताए ।