© 2026
सुर्खेत ।
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिज उद्घाटन गर्न जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्।
प्रधानमन्त्री ओली आइतबार बिहान साढे ११ बजे सुर्खेत विमानस्थल आइपुगेका थिए। तर, हुम्लातर्फ जाने हवाई मार्गको विशेष गरी कालिकोट खण्डमा मौसम प्रतिकूल हुँदा उनको उडान सम्भव भएन।
प्रधानमन्त्रीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि हुम्ला जाने कार्यक्रम तय थियो। हाल उनीहरू नेपाली सेनाको उत्तर पश्चिम हेडक्वार्टर, नेवारेमा आराम गरिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
हुम्लाको चुवा खोलामा निर्माण सम्पन्न भएको बेलीब्रिजको उद्घाटनका लागि बिहान ११ बजे कार्यक्रम तय गरिएको थियो। मौसममा सुधार आएलगत्तै प्रधानमन्त्री ओलीको टोली हुम्ला प्रस्थान गर्ने जनाइएको छ।