Butwal Today

अनेरास्ववियु रुपन्देहीले एसइई उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै

२१ असार २०८२, शनिबार
अ+
अ-

बुटवल, २१ असार ।

अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले असार २२ गते आइतवार रुपन्देही जिल्लाबाट २०८१ सालको एस.ई.ई. मा परिक्षामा सामेल भई ३.६ जिपिए भन्दा माथि अंक ल्याई उत्कृष्ट हुने २४९५ जना विद्यार्थीलाई सम्मान गर्ने भएको छ ।

रुपन्देही जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुबाट उत्कृष्ट अंक ४ जिपिए ल्याउने ८८ जना र ए प्लस ल्याउने २४०७ जना विद्यार्थीहरुलाई सम्मान गर्ने तयारी पुरा भएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले जानकारी गराएका छन् ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडेरियाको समेत आतिथ्यता रहने छ ।

कार्यक्रम आइतबार बिहान ११ बजेदेखि बुटवल मण्डपको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजेदेखि सुरु हुने गरी तयारी भएको र सम्पूर्ण विद्यालयहरुलाई पत्रचार गरिएको अनेरास्ववियु रुपन्देहीका उपाध्यक्ष अर्जुन गैरेले बताएका छन् ।

रुपन्देही जिल्लाका ३२ वटा विद्यालयबाट ८८ जना विद्यार्थीले ४ जिपिए ल्याएको र अन्य करिव १६८ विद्यालयबाट ३.६ जिपिए भन्दा माथि ल्याउने २ हजार ४ सय ७ जना विद्यार्थी रहेको अनेरास्ववियु जिल्ला कमिटी सचिव सुमित सापकोटाले जानकारी गराएका छन् ।