ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लुम्बिनी सांस्कृतिक नगरपालिकाको बजेट १ अर्ब ५४ करोड ५० लाख

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

लुम्बिनी, २१ असार ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम शुक्रबार नगर सभामा प्रस्तुत गरेको छ ।
नीति तथा कार्यक्रममा नगरको पूर्वाधार विकास, लुम्बिनीको विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाई, भाषा संस्कृतिको विकास, धार्मिक पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सजरुद्दीन मुसलमानले ल्ुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न फुड फेस्टिबल गर्ने तथा लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषसंग सहकार्य गर्ने बताए । यसैगरी लुम्बिनी शान्ति र ज्ञानको जननी भन्ने नाराका साथ लुम्बिनीको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने कुरा उल्लेख छ । त्यसैगरी सामुदायिक विद्यालयको आकर्षण बढाउन हरेक विद्यालयमा संगीतमय पिटी प्रार्थना सुरु गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा बृहत बुद्ध सर्किटको विकास, रैथाने खानाको गुणस्तर बृद्धि, लुम्बिनी आउने पर्यटकको बसाई अवधी लम्ब्याउने खालको कार्यक्रम गरिने उल्लेख छ ।
त्यसैगरी लोप हुँदै गएको कालानिमक धानको उत्पादन बृद्धि गरी प्याकेजिङ गरेर देश तथा विदेशमा विक्रीको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरको सवै वडामा स्वच्छ खानेपानीको व्यवस्था मिलाइने उल्लेख गरिएको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाउने, बैदेशिक रोजगारीमा रहेका युवाहरुलाई कृषिमा आकर्षित गर्ने उल्लेख गरिएको छ ।

यसैगरी नगर सभाको शुक्रबारकै बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि १ अर्ब ५४ करोड ५० लाख ५९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको तर्फबाट १५ औं नगर सभामा उपप्रमुख कल्पना हरिजनले उक्त आयब्ययको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा संघीय सरकार समानीकरण अनुदान अन्तर्गत १७ करोड ३० लाख, राजस्व बाँडफाँडतर्फ १४ करोड ७४ लाख, सशर्त अनुदान अन्तर्गत नेपाल सरकारको ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैंकतर्फ ५३ करोड ६९ लाख र समपुरक अनुदानतर्फ ६८ लाख हुने अनुमान गरिएको छ ।

साथै प्रदेश सरकार सशर्त अनुदान अन्तर्गत १ करोड ३० लाख, समानीकरण अनुदान अन्तरगत १ करोड २० लाख ७२ हजार, राजस्व बाँडफाँड तर्फ १ करोड ३६ लाख ७२ हजार र समपुरक अनुदानतर्फ १ करोड २० लाख हुने अनुमान गरिएको छ । बजेटमा पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, खेलकुद लगायतको क्षेत्रमा प्राथमिकता दिएको छ ।

एसियाली विकास बैंक, नगरविकास कोष र नगरपालिकाको साझेदारीमा निर्माण हुने नगरपालिकाको प्रशासकीय भवन, बसपार्क निर्माण पहुँच मार्ग निर्माणका लागि ५३ करोड ६९ लाख ४ हजार विनियोजन गरिएको छ । बजेटमा मेयर ब्लड कार्यक्रमका लागि ५ लाख, पर्सा चोकमा रहेको पार्क सुन्दरीकरणका लागि १५ लाख, छाडा चौपाया व्यवस्थापनका लागि १० लाख बिनियोजन गरिएको उल्लेख छ । नगर सभाको बैठकले शुक्रबार नै नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?