ट्रेंडिंग:

>> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत

उद्यम सिकाउन आफै उद्यमी

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

बुटवल, २१ असार । 

नवलपरासीको सुनवलका राजनकुमार आचार्य सहकारी कर्मी हुन् । सहकारीसँगै अहिले उनी बाख्रा पालक किसान पनि हुन् । धेरैले उनलाई अहिले बाख्रा पालक उद्यमीको रूपमा चिन्न थालेका छन् । सहकारीको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ भनेर अभियानमा लागेका आचार्यलाई आफैबाट काम सुरु गर्नुपर्छ भन्ने लाग्यो । यसबाट परिवर्तनको झिल्को दिन सकिने विश्वासले व्यवसाय सुरु गरेको उनी बताउँछन् ।

उनी भन्छन्–‘विभिन्न समयमा सहकारीसँगै व्यवसायलाई अगाडि बढाउने उद्देश्यले कामहरू गरे तर सोचे जस्तो सफलता पाइएन । सहकारीको सिद्धान्तले पनि आर्थिक उपार्जनलाई महत्त्वका साथमा राखेको छ तर धेरै सहकारीहरूले बचत र ऋणलाई नै प्रमुख बनाएका छन् । सदस्यहरूले पनि उद्यमसँग खासै जोडिन नसकेको अवस्था छ । त्यसैले आफैबाट सुरु गर्न मैले बाख्रा पालन व्यवसाय सुरु गरेको हो ।

२०७७ सालबाट नै आचार्य बाख्रा पालनको तयारीमा लागेका हुन् । उनले बाख्राका लागि चाहिने डाले घाँस रोप्ने, बाख्राका लागि खोर तयार गर्ने, बाख्रा खेत्नका लागि आवश्यक पर्ने पूर्वाधारको तयार गरेर नै व्यवसाय सुरु गरेका हुन् ।
आचार्यले सहकारी क्षेत्रमा रहेर सिकेका ज्ञानलाई व्यवसायमा लगाएर आर्थिक क्रान्ति गर्नु पर्छ भनेर व्यवसाय सुरु गरेको बताउँछन् । २०५५ सालमा जिल्ला दुग्ध सहकारी संस्थाको व्यवस्थापक भएर सहकारी संस्थामा प्रवेश गरेका उनले आर्थिक उपार्जन विना सहकारीको उद्देश्य पुरा हुँदैनन् भन्ने लागेर आफू उद्यमसँग जोडिएको बताउँछन् ।

सहकारीको व्यवस्थापक हुँदै उनी सहकारी संस्थाको सदस्य, अध्यक्ष हुँदै अहिले जिल्ला बचत तथा ऋण सहकारी सङ्घ नवलपरासीको अध्यक्ष भएर काम गरिरहेका छन् । आजभोलि बिहानै ६ बजे बाख्रा गोठमा पुग्नु उनीहरूको हेरविचार गर्नु स्वास्थ्य अवस्था कस्तो छ उनीहरूले कसरी खाना खाइरहेका छन् केही समस्या छ कि छैन हेर्ने, रेखदेख गर्ने दाना पानीसँगै सरसफाइ र दिउँसोका लागि घाँसको अवस्था के छ मेसोमोलो मिलाउनु आचार्य बिहानी काम हो । उनी भन्छन् त्यसरी नै दिउँसो ४ बज्नै लाग्दा मन भतभती पोल्न थाल्छ खोरमा रहेका बाख्रा पाठापाठी के गरिरहेका होलान् ।

अवस्था के छ भनेर यही पोलाईले मलाई ४ बजे नै गोठमा पु¥याउँछ । त्यहाँ पुगेपछि उनीहरूसँग रमाउने अवस्था हेर्न गर्नु नै मेरो दैनिकी बनेको छ । दिउँसो सहकारी सङ्घको काम, समाजसेवा पछि बिहान साँझ आफ्नै गोठालोमा आनन्द आउँछ । जबसम्म जति नै आदर्शका कुरा गरे पनि आर्थिक रूपमा सबल बन्न सकिँदै न तबसम्म प्रगतिमा बाधा भइरहन्छ । सहकारीको उद्देश्य पनि सदस्य जहिले पनि आर्थिक रूपमा सबल बनोस् र उद्यमसँग जोडियोस् भन्ने हो । यही उद्देश्यलाई सफल बनाउन पनि म उद्यमसँग जोडिएको हु । आचार्य भन्छन्, सहकारी कर्मीहरू जो सानो ठुलो उद्यमसँग जोडिएका छन् उनीहरू कुनै न कुनै समयमा आर्थिक रूपमा सफल भएका छन् ।

त्यो सफलताले दीर्घकालीन रूपमा फाइदा नै दिएको छ । मेरो बाख्रा पालन व्यवसायले अहिले नै गति लिन सकेको छैन । जब गति लिन थाल्छ नि अनि बल्ल मुनाफा देखिन्छ । अहिले त मैले कुन जातका बाख्राले राम्रो हुन्छ भन्ने एक खालको परीक्षणमै छु ।  मेरो खोरमा ठूलासाना गरेर १ सय ८० सम्म बाख्राहरू थिए । ती मध्ये बिक्री गरेर अहिले ७५ वटा छन् । अहिले मेरो खोरमा स्थानीय खरी, जमुनापारी क्रस, राजस्थानबाट ल्याएका अझमेरी, सिरोही गुजुरी जातका बाख्राहरू छन् । यिनीहरूबाट जन्मिएका खसी बोकाको तौल ८० किलोसम्म हुने अपेक्षा गरेको छु । अहिले सम्म स्थानीय जातका बोका खसी ४० किलो सम्म भएका छन् ।

आचार्यले करिब ५० लाख लगानीमा यो व्यवसाय सुरु गरेका हुन् तर उनले बाख्रा पालन गर्ने हो भने कम लगानीमा गर्नुपर्ने सुझाव दिन्छन् । सानो खोर र थोरै उन्नत जातका माउबाट व्यवसाय सुरु गर्ने हो भने व्यवसाय घाटामा नजाने तर्क गर्दछन् ।
आचार्यसँग लामो समयसम्म सहकारी क्षेत्रमा काम गरेको अनुभव छ त्यहीँ अनुभवलाई बाख्रा खोरमा लगाउँदै उद्यमी बन्न कसिएका उनीसँग थुप्रै समस्याहरू पनि छन् । साना पाठापाठी हुर्काउन अति नै कठिनाइ छ । धेरै पानी, धेरै घाम, अत्यधिक जाडो र अत्यधिक गर्मीको समयमा साना पाठापाठी हुर्काउन नसक्नाले पनि व्यवसायलाई अगाडि बढाउन गाह्रो पर्छ ।

त्यसका साथै बाख्राका लागि भनेर विशेष दाना छैन केही मात्रामा भए पनि अत्यधिक महँगो छ । जुन बाख्रा पालन गरिरहेका व्यवसायी किनेर खुवाउन सक्ने अवस्था छैन । त्योसँगै घाँस व्यवस्थापनमा पनि समस्या भएका कारणले पनि थप समस्या उत्पन्न भएको छ । त्यसै गरी बजारमा खसी बोका बिक्रीमा समस्या नभए पनि कम उत्पादन दिने बाख्रा बेच्नु परे बजारको समस्या रहेको आचार्यको गुनासो छ । यसलाई स्थानीय सरकारले नीति बनाएर उद्यम गर्न चाहनेहरूको समस्या समाधानमा सहयोग गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?