ट्रेंडिंग:

>> सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ८ सय रुपैयाँले महँगियो >> महिला फुटबल प्रशिक्षक वाइल्डले दिए राजीनामा, एन्फाको निर्णय बाँकी >> मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता >> लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण >> वित्तीय संस्थामा तोडफोड  >> दाङमा गाडीले किचेर एकको मृत्यु   >> स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा >> अपराधको बढ्दो शृङ्खला र चुनौती  >> गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह >> नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क >> २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको निधन >> यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन >> पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन >> १०० रोपनी खेतमा एकै दिन धान रोपाइँ  >> आजको राशिफल (२०८२ श्रावण ४ गते आइतबार) >> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी

हाम्रो नेपालमा सिल्लीलाई पदक: कुल्लीलाई अपमान

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

राष्ट्रिय भजनगायक पं. चेतराज कण्डेलको सायद नाम नसुन्ने व्यक्तिहरू हामीहरू कमै छौँ । विशेषतःगुल्मी, अर्घाखाँची, बाग्लुङ्, पर्वत, रूपन्देही, कपिलवस्तु आदि स्थानका साथसाथै देशका अन्यत्र स्थानमा पनि हुने कुनैपनि सामाजिक एवम् व्यक्तिगत धार्मिक कार्यक्रमहरूमा प्रायः उहाँको उपस्थिति हुने गर्दछ । कुनै कारणले हुन सक्नुभएन भनेपनि उहाँद्वारा सिर्जित भजनहरूले धार्मिक कार्यक्रमको माहोल नै सुगन्धित र सुरम्य बनाउँदछ । उहाँका भजनहरू ईश्वरीय चिन्तनले युक्त शास्त्रोक्त विधिका हुने गर्दछन् । अनावश्यक तरिकाको हाउभाउले आफ्नो प्रचारप्रसार भन्दापनि शास्त्रीय ढङ्गका भजनहरूद्वारा भक्तका हृदयको सन्ताप हरण गर्ने उद्देश्य उहाँको रहन्छ ।

राष्ट्रिय स्तरको गायक भएर पनि उहाँले सबैका कर्णप्रिय आफ्ना भजनहरूलाई कहिले पनि अनावश्यक रूपमा असुहाउँदो तरिकाले प्रचारवाजीका लागि लगाउनुहुन्न । न त आफ्नो प्रचारवाजीकालागि अरूलाई प्रशंषा गर्नका लागि आग्रह नै गर्नुहुन्छ । न त फेरि राज्यले दिने सम्मानका लागि कसैसँग जी हजूरी नै गर्ने गर्नुहुन्छ । केही वर्ष पहिलासम्म त उहाँ विनाका धार्मिक कार्यक्रमहरू हुँदै हुँदैन थिए भन्दा पनि हुन्छ तर अहिले विशेषत नयाँ कलाकारहरू पनि कस्ता रहेछन् भन्नका लागि नयाँ कलाकारहरूको पनि माहोल देखिएतापनि ३० वर्षभन्दा पहिलेदेखि सङ्गीतका माध्यमले भक्तको सन्ताप हरणका लागि अनवरत उहाँ विनाको कार्यक्रमले बुढा पुरानाहरूलाई भने खल्लोपनको महसुस गराउँदछ ।

अझ उहाँको भोलेपन कहाँ देखियो भने आफुले रचना गरेर गाउन भनी ठिकठाक पारेका भजनहरू स्टुडियो भित्र छिरिसकेपछि अरूले हठात् तरिकाले चोरी गरेर गाइदिँदा पनि त्यस्तालाई उहाँले एक आखर पनि गाली गर्नुभएन । त्यसको बुद्धि त्यस्तै भयो भने के गर्ने ? परमात्माले त्यसलाई भलो नै गरून् भनी आफू ईश्वर चिन्तनमैँ रमाउनुभयो । आफ्ना ध्यान मार्गका विशेष चिजहरू चोरी हुँदा समेत चुप रहेर बस्नुहुने महर्षि महेश योगी जस्तै गरी नै राष्ट्रसन्त स्वामी परमानन्दका विशेष आशीर्वाद प्राप्त व्यक्ति मध्येका उहाँचुप रहेर बस्नुभयो । यसो हुनुमा उहाँलाई महर्षि योगीद्वारा वताइएको भावातीत ध्यानको प्रभाव पनि हो ।

पं. चेतराज कण्डेल जस्ता कलाकारहरू पं.चन्द्रमणि कण्डेल, पं. कपिल सुवेदी, राष्ट्रिय स्तरका भजन गायकहरू हिरालाल कण्डेल, शान्ती सुवेदी दिदी, सच्चिदानन्दजी आदि अरू पनि केही हुनुहुन्छ । उहाँहरूले पनि आफूले कुनै प्रचारवाजीका लागि भन्दापनि सङ्गीतका माध्यमले व्यक्तिहरूमा ईश्वरीय चिन्तन गराई उनीहरूको कल्याणका लागि शास्त्रोक्त भाव अनुसारका भजन रचना गर्दै गाउनुहुन्छ । भक्तहरूलाई सात्विक तरिकाले सङ्गीतका माध्यमले जीवत्व र शिवत्वको चिन्तन गराउनुहुन्छ ।

यसै प्रसङ्गमा केही वर्ष पहिले राष्ट्रपतिद्वारा देशका विभिन्न क्षेत्रमा रहेका प्रतिभाहरूलाई विभिन्न पदकहरूका माध्यमले सम्मान गरियो । तर के भयो भने पं. चेतराज आदि जस्ता व्यक्तिहरू त्यस कार्यक्रममा सम्मानित हुनु भएन । उहाँहरूलाई पदकद्वारा राष्ट्रले सम्मान गरेन । तर पदक त सरकारले उनै चेतराज कण्डेलका रचना चोरेर प्रचारबाजीमा लागेका त्यस्तै चाचावादीहरूलाई पो दियो । विल्लिले घाँटीमा पदक लगाएर आँटीमा बसेर गफ लगाउने भए भने सङ्गीतको क्षेत्रद्वारा देशको सेवामा ३० वर्षभन्दा पहिलेदेखि कुल्लीजस्तै गरी लागेका कलाकारहरू भने राज्यद्वारा अपमानित भएर दोस्रो दर्जाका नागरिक जस्तो भएर बस्नुपर्यो ।

नेपालमा पदक वितरण भइरहँदा त्यसै समयमा भारततिर पनि कुनै त्यहाँको दिवसलाई आधार मानेर पदक वितरण भइरहेको थियो । हुन त उता पनि चाचाहरूकै सम्मान गरिएको थियो भने यतातिर पनि चाचाहरूकै सम्मान गरिएको थियो । तर उता देशको सेवा गर्दागर्दै साँच्चै विद्या, बुद्धि या उमेरले चाचा हजूर बा बनेका राष्ट्रसेवक, कलाकार, साहित्यकार, विद्वान्, समाजसेवी आदि पदक सम्मान पाउने पङ्क्तिमा थिए भने यतातिर चाहिँ देशलाई खोक्रो पार्न सहयोग पु¥याएका चाचा (चाकडी, चाप्लुसी) हरूकै माहोल थियो ।

त्यसैले त्यता र यताको माहोल भने नितान्त रूपमा भिन्न नै थियो । उता सम्मान हुनेहरूको मुख हेर्दा उनीहरूलाई पुनः पुनः हेर्नका लागि हाम्रा आँखाहरू लालयित हुन्थे भने यता सम्मान हुनेहरूलाई देख्दा उही के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेर आँखा चिम्म पार्न पर्ने भएको थियो । नेपालमा भइरहेको पदक वितरण कार्यक्रमलाई हेरेर एकजना दोहोरी गाउने कलाकारले हेर एउटा लाइभ दोहोरीमा आउन नसक्नेले पदक थाप्न लाज त मान्नुपर्ने । के गर्ने लाज हराएपछि कस्को के लाग्छ र ? उनको भनाई अनुसार त्यस्ताहरूले उनलाई पनि गीत लेख्न लगाउने अनि आफैले गाउने र विश्वको उत्कृष्ट गीत भनेर साली, साला आफन्तीहरूलाई सेयर गराएर फेसबुकमा सजाउने गर्दछन् रे ।

अन्टपन्ट जसो गरेर पनि प्रचारित भई ठूलो मान्छे हुनका लागि त्यस्ता मानिसहरूले गीत, भजन अरूबाट लेखाईरहन्छन् । पण्डित, ज्योतिषी, गायक, व्यास मात्र नभएर अब फेरि कविका रूपमा पनि आफुलाई देखाउने धेरैको धोको यस्तै कार्यले पूरा भएको छ । उनी जस्तैगरी लाजलाई राम्रैसँग पचाइसकेका मानिसहरूले यस्तै अर्काका गीत चोरेर किनेर पनि प्रख्याति कमाउने गर्दछन् । अझ अहिले त अर्को चलन नि आएछ कि कुनै सस्थालाई केही आर्थिक लाभ गराइदिने अनि उसलाई यसो कवि कलाकार आदि नाममा सम्मान दिलाउन भन्ने । त्यसैले पनि ज्योतिर्विद् नयराज पन्तले पनि त्यस्ता चोर विद्वान्हरूलाई यसरी भन्नुभएको छ –
अरूहरूका रचनाहरू कन
चोरेर मेरै कृति हो भनीकन ।
छपाउने काम जो गर्न जान्दछ
प्रकाण्ड अन्वेषक भै कमाउँछ ।।

त्यसैले भारततिर सम्मानित र यतातिर सम्मानित व्यक्तिहरूको तुलना गर्दा लाग्थ्यो साँच्चै नयाँ नेपाल बनाइएको त यस्तै सिल्लीविल्लीको सम्मान र कामगर्ने कुल्लीको अपमानको लागि पो रहेछ । त्यहाँ विशेष गरेर विगत एक दशकदेखि समाजमा रहेका यति राम्रा प्रतिभाहरूलाई सम्मान गर्ने गरेको छ कि हलधर आदिनाम गरेका उनीहरूलाई देख्दा नै शिर निहुरिन्छ । आँखाबाट आँशुका धाराहरू बग्न थाल्दछन् । हाम्रै नेपालमा पनि केही समय पहिलासम्म गरिएको पदकरूपी सम्मानको केही इज्जत थियो तर अहिले ती सम्मान भनेका खासै इज्जतिला नै बन्न छोडे ।

शैक्षिक उपाधिका आधारमा गरिएका सम्मानमा त्यस्तो खासै फरक नपरे तापनि देशमा योगदानका आधारमा गरिने सम्मानको इज्जत नै हुन छाड्यो । पूरा राजनीतिक भागवण्डाका आधारमा गरिने सम्मान आखिर लिनेले पनि यसो ससुराली र घरतिरकालाई देखाएर राख्ने खालका भए । त्यस खालको नक्कलीपनका सिल्लीहरूलाई सबक सिकाउनुपर्नेमा उनीहरूले पदक पाएका छन् भने काम गर्ने कुल्लीहरू भने त्यस्तै सिल्लीबिल्ली खेलाडीहरूका कारणले अपमानित भई बस्नुपरेको छ । देश रित्तिनुमा यो पनि एउटा कारण बनेको छ ।
अस्तु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?